www.tandavnews.com
Fact ~ In search of truth

पर्वतमा जिप पल्टिँदा ४ घाइते

पर्वत,
ताण्डव न्यूज ।

पर्वतको कुस्मा नगरपालिका ८ चुवामा भएको जिप दुर्घटनामा ४ जना घाइते भएका छन ।

बागलुङको ढोरपाटन नगरपालिकाको ग २ च ५९ ८१ नं. को जिप अनियन्त्रित भएर सडक छेउमा पल्टिँदा उनीहरु घाईते भएका हुन् ।

Batas

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार घाईते हुनेहरुमा बागलुङको ढोरपाटन नगरपालिका ६ का ३१ बर्षिय धनबहादुर कामी (चालक), वडा नं. १ की ११ बर्षिया मोना बि.क., वडा नं. ९ का ४६ बर्षिय सोनम गुरुङ र कास्कीको पोखरा उपमहानगरपालिका १७ का ३० बर्षिय अभिषेक काफ्ले रहेका छ ।

घाईतेमध्ये चालक कामीलाई केही बढी चोट लागेका कारण थप उपचारको लागि पोखरा पठाइएको छ भने अन्य ३ जनाको पर्वत अस्पतालमा नै उपचार भैरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक रामबहादुर भट्ट क्षेत्रीका अनुसार जीपमा ६ जना सवार रहेकोमा अरु २ जना भने सकुशल छन ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.