www.tandavnews.com
Fact ~ In search of truth

प्रचण्डले पनि दिए मोदीलाई शुभकामना

पोखरा
ताण्डव न्युज ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय लोकसभा निर्वाचनमा जीत तर्फ अघि बढेको भारतीय जनाता पार्टीलाई बधाइ दिएका छन् ।

नेकपाका अध्यक्ष प्रचण्डले एक ट्वीट गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनको पार्टीलाई बधाई दिएका हुन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलेपनि मोदीलाई बधाई दिएका थिए ।

Batas

पछिल्लो मतपरिणाम अनुसार भाजपा नेतृत्वको एनडीए गठबन्धनले ३ सय ४५ सिटमा अग्रता लिएको छ ।त्यस्तै, काँग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसिभ अलायन्स यूपीएको गठबन्धनले कुल ९० सिटमा अग्रता लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसबाहेक विश्वका नेताहरुले समेत प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिन शुरु गरेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.