www.tandavnews.com
Fact ~ In search of truth

बुद्ध एयरको दोस्रो गन्त्व्य कोलकाताःभोलीदेखि उडान भर्ने

पोखरा।

बुद्ध एयरले भोली सोमबारदेखि भारतको कोलकाता उडान भर्ने तयारी गरेको छ ।

नेपालको निजि विमानसेवा कम्पनीमध्ये लामो समय नेपाली आकासमा उडान भर्ने विमान कम्पनी बुद्ध एयरले भोली बिहान ८ बजे भारतको कोलकाता उडान भर्ने छ । बुद्धले जुलाईदेखि भने बिहान ७ बजे उडान गर्ने जनाएको छ।

Batas

बुद्ध एयरको अनुसार हप्तामा तीन उडान गर्ने भएको छ । सोमबार, बुधबार र शुक्रबार उडान गर्नेछ । भोली एटिआर ७२ जहाज उडाउँदै छ ।

बुद्धले कोलकातासम्मको दोहोरो भाडा प्रतिव्यक्ति २२ हजार निर्धारण गरेको छ ।बुद्ध एयरले यसअघि बनारस उडान भर्दै आएको थियो । अब कोलकातापछि गुवाहाटीमा पनि उडान भर्ने तयारी बुद्धले गरिरहेको छ ।

अगस्टदेखि गुवाहाटी उडान गर्ने जनाउँदै उडानका लागि भारतले बुद्धलाई सैद्धान्तिक अनुमति दिइसकेको कम्पनीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.