www.tandavnews.com
Fact ~ In search of truth

पोखरा सिर्जनाचोकस्थित एनसेल अफिस अगाडि भेटिएको बम डिस्पोज

पोखरा ।

पोखराको सिर्जनाचोक र फिर्केचोकको बीचमा एनसेल कार्यालय नजिक भेटिएको शंकास्पद वस्तु डिस्पोज गरिएको छ ।

हिजो साँझ भेटिएको कुकर बम आज बिहान नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको हो । फेला परेको बमलाई गएराती देखिनै प्रहरीले सुरक्षा दिएर राखेको थियो ।उता कास्कीको अन्नपूर्ण गाउँपालिका नागडाँडामा पनि शंकास्पद वस्तु भेटिएपछि सेनाको टोली डिस्पोजका लागि त्यसतर्फ गएको प्रहरीले जनाएको छ ।

Batas

यसैबीच, नेत्रविक्रम चन्द(विप्लव) समूहद्वारा आव्हान गरिएको नेपाल बन्दको प्रभाव पोखरामा परेको छ । सार्वजनिक यातायातका सवारीसाधन बिहानैदेखि गुडेका छैनन् र शैक्षिक संस्थामा पनि बन्द रहेको छ । बजारमा चियापसल खुला छन् भने अन्य व्यापारिक पसल बन्द छन् । जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार कास्कीमा अहिलेसम्म कुनै अप्रिय घटना नभएको बताइएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.