www.tandavnews.com
Fact ~ In search of truth

पार्दी माविका विद्यार्थीलाई फ्रेण्डसको फुटबल जर्सी

पोखरा
ताण्डव न्यूज ।

पोखरा १७ स्थित पार्दी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई फुटबल जर्सी सहयोग गरिएको छ । सोमबार विद्यालय प्राङ्गाणमा आयोजित एक कार्यक्रमका बिच जर्सी हस्तान्तरण गरिएको हो ।

विरौटा स्थित फ्रेण्ड्स हस्पिटालिटी म्यानेजमेन्ट एण्ड ल्याङ्ग्वेज इन्स्टिच्यूट र फ्रेण्डस क्याफेले जर्सी सहयोग गरेका हुन् । इन्स्टिच्यूटका सञ्चालक राजकुमार केसी र क्याफेका सञ्चालकद्धय कुश थापा एवं कमल गिरीले विद्यालय व्यवस्थापन समितिकी कार्यवाहक अध्यक्ष शान्ता गुरुङलाई संयुक्त रुपमा जर्सी हस्तान्तरण गरे ।

Batas

विद्यार्थीहरुलाई खेलकुदमा समेत अग्रसर गराउनका लागि १६ थान जर्सी सहयोग गरिएको इन्स्टिच्यूटका सञ्चालक केसीले बताए ।

आगामी दिनहरुमा समेत खेलकुद लगायत अन्य सामाजिक सेवामा संस्था लागि पर्ने क्याफे सञ्चालक थापाले सुनाए ।

फ्रेण्ड्स हस्पिटालिटी म्यानेजमेन्ट एण्ड ल्याङ्ग्वेज इन्स्टिच्यूटअसार पहिलो सातादेखि सञ्चालनमा आउँदैछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.