www.tandavnews.com
Fact ~ In search of truth

दारी ग्याङको रक्तदानमा १२० युनिट रगत संकलन

पोखरा ।

दारी ग्याङ पोखरा र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीको संयुक्त आयोजनामा हिजो (आइतबार) भएको रक्तदान कार्यक्रममा १२० युनिट रगत संकलन भएको छ ।

नेपाल रेडक्रस सोसाइटी, श्रेत्रीय रक्तसञ्चार सेवा केन्द्र कास्कीको विशेष अनुरोधमा उक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

Batas

पहिलो रक्तदाता जग्दिश पौडेललाई ब्लड ब्याग हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको शुभारम्भ भएको संयोजक बसन्त पहारीले बताए ।

पोखरा महानगरपालिका वडा ९ का वडा अध्यक्ष रामराज लामिछानेको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा दारी ग्याङ पोखराका पूर्व संयोजक शेखर गौतम, नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका उपाध्यक्ष जितेन्द्र मान शाक्य, वसन्त विनोद, रञ्जन अधिकार क्षेत्री, दिवस गुरुङ लगायतले बालेका थिए ।

उक्त अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष तिर्थ राज अवस्थीले ५७ औ पटक रक्तदान गरे । यस्तै वसन्त विनोदले ३७ औ पटक रक्तदान गरेका छन् ।

अवस्थीले स्वागत गरेको कार्यक्रममा पहिलो रक्तदाता, महिला दिदीबहिनीहरु लगायतको उल्लेखनिय सहभागिता रहेको कार्यक्रम संयोजक समेत रहेका पहारीले बताए । कार्यक्रमको सञ्चालन बिरेन्द्र पराजुली र विक्रम पाण्डेले गरेका थिए ।

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.