www.tandavnews.com
Fact ~ In search of truth

पर्वत शंकरपोखरीकी मनिषा चार दिनदेखि बेपत्ता

पर्वत ।

पर्वतको फलेवास नगरपालिका–२ शंकरपोखरीकी एक महिला चार दिनदेखि बेपत्ता भएकी छिन् ।

स्थानीय पोखराचौर गाउँमा घर भएकी २१ वर्षीया मनिषा रिजाल जेठ १० गते बिहान साढे ७ बजेदेखि बेपत्ता भएकी हुन् । उनी परिवार र आफन्तको सम्पर्कमा नरहेको उनका श्रीमान् दीपेन्द्र रिजालले बताए ।

Batas

६ महिनादेखि शंकरपोखरीको वडा कार्यालय नजिकै सिलाइकटाइ तालिम गरिरहेकी मनिषा तालिममा जान घरबाट निस्किएकी थिइन् । तर, घर नफर्किएको र आफन्तको सम्पर्कमा समेत नरहेपछि खोजी शुरु गर्न प्रहरीमा जाहेरी दिएको दीपेन्द्रले बताए ।

चितवन माइती भएकी मनिषाले दुई वर्षअघि विवाह गरेकी हुन् ।जिल्ला प्रहरी कार्यालय पर्वतले सम्पर्कविहीन रहेकी मनिषाको खोजीकार्यलाई तीव्र पारिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख श्यामु अर्यालले जिल्लाका सबै प्रहरी युनिटसहित छिमेकी जिल्लाका प्रहरी कार्यालयमा पनि फोटोसहित खोजीकार्यका लागि सूचना पठाइएको जानकारी दिए ।

एक्कासि महिला बेपत्ता भएपछि परिवारका सदस्य चिन्तित बनेका छन् ।    रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.