www.tandavnews.com
Fact ~ In search of truth

‘अधिनायकवाद विरुद्ध आन्दोलन गर्ने तरुण दल कास्कीको तयारी’

पोखरा ।

नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधि एवम् केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशीले वर्तमान सरकारले एक दलिय अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका छन् ।

हिमाल पहाड तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत नेपाल तरुण दल कास्कीले आयोजना गरेको विपतमा तरुण दल विषयक अभिमुखिकरण कार्यक्रममा बोल्दै नेता जोशीले अधिनायकको विरुद्ध तरुण दलले खवरदारी गर्नुपर्ने बताए ।

Batas

‘वर्तमान सरकारले एक दलिय अधिनायकवाद लाद्नका लागि विभिन्न विषयमा विधयक दर्ता गराएर काँग्रेसको नाडी छाम्ने काम गरेको छ’ नेता जोशीले भने,‘ सवैलाई अंकुश लगाउँदै अधिनायकवाद लाद्ने वर्तमान सरकार किलियर कट छ । अव यसको विरुद्धमा तरुण जाग्नु पर्ने वेला आएको छ ।’

पार्टीको जागरण अभियान पनि वर्तमान सरकारको अधिनायकवाद विरुद्ध आन्दोलन र विरोधको तयारी भएको उनले जानकारी दिए ।‘अभियन गाँउ गाउँमा कार्यकर्ता जगाउँदै आन्दोलनको तयारीको शुरुवात हो’ उनले भने,‘ अधिनायकको विरुद्ध आन्दोलन र विरोधमा उत्रिनका लागि तयार भएर वस्नुहोस् ।’

नेताहरुसँग रिस उठेको छ भने महाधिवेशनमा हराइदिन आग्रह गर्दै उनले नेताहरुलाई सार्वजनिक ठाँउमा गालि गर्नु भन्दा पनि अधिनायक विरुद्ध जाग्नु पर्ने वेला आएको बताए ।उनले काँग्रेसमा काँग्रेस भएर रुख चिन्हमा भोट हाल्ने र काँग्रेस भएर अर्कै चिन्ह्मा भोट हाल्ने दुई गुट भएको बताउँदै यसलाई सच्याउन लाग्नु पर्ने बताए ।

‘काँग्रेसमा गुट छ भने त काँग्रेस भएर रुख चिन्हमा भोट हाल्ने र काँग्रेस भएर अर्कै चिन्ह्मा भोट हाल्ने दुई गुट छ’ उनले भने, ‘ यस्ता मान्छेलाई फलाने देउवाको फलाने पौडेलको भन्दा पनि काँग्रेसमा भोट नहाल्नेलाई नेता सँग ट्याग लाईदिने काम हामीले गर्नुुहुदैन ।’

काँग्रेसले भरोसा गरेको संस्था तरुण दल भएको बताउदै उनले देशको भष्ट्राचार विरुद्ध खरो भएर उत्रिन तरुण दललाई आग्रह गरे ।नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग वस्नेतले तरुण दल जहिलेपनि जनताको साथ र माझ रहने स्पष्ट पारे । ‘ वर्तमान ओली सरकारले अहिले देशलाईनै विपद् तिर धकलेको छ’, उनले भने,‘लोकतन्त्र रक्षाको लागि अव तरुण दल लड्नु पर्ने बेला आएको छ ।

लोकतन्त्रकालाई रक्षा गर्नका लागि सम्पूण तरुण जोस जागर र विचार वोकेर हिड्नु पर्ने बेला आएको उनको भनाई थियो ।नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले चट्टान जस्तो ढाल वनेर उभिने भातृ संस्था भनेको तरुण दल भएको बताउदै तरुण दललाई पार्टीले शसक्त बनाएर लैजानु पर्ने उल्लेख गरे ।

कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं. २ का सचिव दिपेन्द्र मरासिनी र प्रशिक्षक दिलिप गुरुङले विपद व्यवस्थापनको विषयमा सहजिकरण गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेस कास्कीका पूर्व सभापति सोभियतबहादुर अधिकारी, तरुण दलका पूर्व केन्द्रीय सदस्य ऋषिराज काफ्ले, तरुण दलकी केन्द्रीय पार्षद जमुना श्रेष्ठले बोलेका थिए ।

नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दिपक गुरुङले स्वागत र सचिव नरेन्द्र थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.