www.tandavnews.com
Fact ~ In search of truth

अल्लो उद्योगले आत्मनिर्भर बन्दै ताराखोलाबासी

अर्जुन कार्की,
ताण्डव न्यूज ।

केहि वर्ष अगाडी ताराखोलाको जंगलमा अल्लो सुकेर खेर गईरहेको देख्न सकिन्थ्यो ।

सिप र जागर भएमा खेर गएको बस्तुलाई प्रयोग गर्न र त्यहिबाटै पैसा कमाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् ताराखोलाका महिलाहरु । अहिले जंगलमा खेर गैरहेको अल्लोलाई बागलुङको ताराखोलाका उद्यमीले पैसा कमाउँने माध्यम बनाएका छन् ।

Batas

बागलुङको ताराखोला गाउँपालिका क्षेत्रमा बढी मात्रामा पाइने चाल्ने सिस्नु अर्थात (अल्लो) भनेर चिनिने वनस्पतीबाट नरम प्रकारको धागो उत्पादन गर्न सकिने भएपछि त्यसको प्रशोधन गरेर स्थानीय उद्यमीहरुले पैसा कमाउँन थालेका हुन् ।

जंगल, खोल्साखोल्सी लगायतका क्षेत्रमा उम्रिने मसिना काँडैकाँडा भएको बनस्पतिको लोत्ताबाट मूल्यवान कपडा उत्पादन गर्ने परम्परागत उपायलाई व्यवसायीकरण गर्दै स्थानीयले राम्रो आम्दानी गर्न सफल भएको ताराखोलाका उद्यमीहरु बताउँछन ।

परम्परागत रुपमा पुर्खाहरुले भाँगो, चाल्ने सिस्नु लगायतका बनस्पतिहरुका लोक्ताबाट डोरी, नाम्ला तथा दाम्लाहरु निर्माण गर्ने गरेकोमा त्यसलाई कपडाको रुपमा विकास गरिदै आएको स्थानीय उद्यमी सपना बुढाथोकीले बताइन ।

चाल्ने सिस्नुको लोक्ताबाट तयार पारिने कपडाहरु मुलायम, तापक्रम अनुकूल, हलुङ्गो तथा देख्नलाई पनि राम्रो हुने भएकाले बजारको माग अनुसार आफूहरुले लाभाङ जुनतारा साना लघुउद्यमी अल्लो धागो उत्पादन समूह स्थापना गरेर धागो तथा कपडा उत्पादनको काम गरेको उद्यमी बुढाथोकीको भनाई छ ।

अल्लोको संकलन, प्रशोधन तथा बजारीकरणका लागि ताराखोला गाउँपालिकाले धागो बनाउँने मेसिन समूहलाई प्रदान गरेपछि आफूहरुलाई सहज भएको समूहका अध्यक्ष जस्मती रोकाले बताइन् । समूहमा स्थानीय १४ जना महिला उद्यमी अल्लो प्रशोधनमा सक्रिय छन् ।

समूहमा संकलन हुने अल्लोबाट धागो उत्पादन गरेर राख्ने महिलाहरुले माग अनुसार विभिन्न कपडाहरु समेत तयार गर्ने गरेको समूहका अध्यक्ष रोकाले जानकारी दिइन । अहिले समूहले अल्लोबाट निर्मित कपडाको प्रति मिटर चार सय रुपियाँ, तयारी हाफ सुइटरको दुई हजार रुपियाँ, पुरा साइजको सुइटरको तीनहजार रुपियाँ र प्रतिकेजी धागो एक हजार पाँच सय रुपियाँमा बिक्री गर्ने गरेको छ ।

एक केजी धागोबाट दुईवटासम्म सुइटर बनाउँन सकिने भएकाले अन्य क्षेत्रका हस्तकलामा काम गर्ने महिलाहरुले धागो खरिद गरेर लैजाने गरेको समूहले जनाएको छ

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.