www.tandavnews.com
Fact ~ In search of truth

भरतपुर अस्पताल : चिकित्सकको लापरवाहीका कारण बालकको मृत्यु भएको भन्दै प्रदर्शन, छ जना पक्राउ

चितवन ।

भरतपुर अस्पतालमा उपचारका क्रममा बालकको मृत्युपछि प्रदर्शन गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ । मृत्यु हुनेमा रौतहट जिल्ला चन्द्रपुर नगरपालिका–५ बस्ने प्रकाश बस्नेतका १४ महीनाका छोरा रहेका छन् । निमोनियका कारण उपचारका लागि जेठ १४ गते भरतपुर अस्पताल ल्याइएका बालकको उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको थियो ।

बालकले आमाको दूध खाने समयमा दूध सर्किएर मृत्यु भएको अस्पतालले जनाएको छ । बालकको मृत्युपछि बालकका आफन्त र सर्वसाधारण चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित बनेका थिए ।

Batas

आक्रोशित भीडलाई नियन्त्रणमा लिने क्रममा बिहीबार साँझ प्रहरीले सामाजिक अभियन्ता अर्जुन भुसालसहित छ जनालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । (रासस)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.