www.tandavnews.com
Fact ~ In search of truth

आन्तरिक पर्यटको रोजाई ‘रानागाउँ’

सुशान्त गाहा मगर
पोखरा, ताण्डव न्यूज । 

गाउँको बीच भागमा रहेको प्रवेशद्वारमा एउटा ब्यानर झुण्डिएको छ ।

जहाँ लेखिएको छ, ‘रानागाउँ भाल्डाँडा सामुदायिक होमस्टेमा सम्पूर्ण अतिथिहरुलाई हार्दिक स्वागत गर्दछाैँ ।’  प्रवेशद्वार पश्चात गोलो समाजघर देखिन्छ । जहाँ आन्तरिक पर्यटकहरु नाचगाँनमा ब्यस्त देखिन्छन् भने मौलिक भेषभुषामा सजिएका स्थानीयहरु पाहुनाको सत्कार गर्ने धुनमा रहेका छन् ।

Batas

यो दृश्य तनहँुको भानु नगरपालिका वडा नं ४ रानागाउँको हो । जहाँ २०७२ साउन १० गते देखि विधिगत होमस्टे सञ्चालनमा ल्याइएको थियो । उक्त गाउँ पछिल्लो समय आन्तरिक पर्यटकको रोजाई बन्दै गएको छ ।

डुम्रे देखि १२ किलोमिटरको दुरीमा रहेको यस गाउँमा ४५ घरधुरी भएपनि कुल ११ घरमा मात्र सामुदायिक रुपमा होमस्टे सञ्चालन गरिएको सञ्चालक समितिका अध्यक्ष पदमबहादुर राना बताउँछन् ।  उनका अनुसार बिगतमा भन्दा यो बर्ष आन्तरिक पर्यटक बढेको छ । ‘तुलनात्मक रुपमा पाहुनाहरुको अवागमन बढेपछि गाउँको मुहार नै फेरिएको भान भएको छ, मुस्कुराउदै उनी भन्छन्, ‘हामी खुसी छौँ, केही भएपनि जिविकोपार्जन गर्न सहज भएको छ ।’ राना मगरका अनुसार समितिले घरबासका लागि एक ब्यक्तिको प्याकेजमा ८ सय ५० रुपैयाँ निर्धारण गरिएको छ भने मासिक सय बढि पर्यटक गाउँ भित्रिने गरेका छन् ।

रानागाउँ महाकवि भानुभक्त आचार्य जन्मिएको वडामै पर्ने भएकाले समेत ऐतिहासिक महत्व रहेको स्थानीयबासी तथा सामाजिक अभियन्ता प्रेम राना बताउँछन् । गाउँको माथिल्लो थुम्कामा हजारौं वर्ष पुरानो कालिकाकोट रहेको छ । त्यसैगरी उत्तर तर्फ देखिने मनोरम मनास्लु, माछापुच्छ«े, लगायतको हिमश्रृङ्खलाले पर्यटकको मन ल्याउने गरेको छ, उनी भन्छन्, ‘होमस्टे सञ्चालनमा आएपछि यहाँको जिवनशैली नै परिवर्तन भएको छ ।’
‘उचित प्रचारप्रसारको अभावकै कारण रानागाउँमा कम मात्रामा बाह्य पर्यटक भित्रिने गरेको बताउँदै राना भन्छन्, ‘प्रदेश सरकाबाट १० लाख बजेट परेको छ, हामी सो रकमले यहाँको संस्कार, सस्ंकृतिको संरक्षण तथा होमस्टेको प्रर्बद्धन गर्नेछौ ।’ उनका अनुसार होमस्टेलाई एसियन फोरमले प्रर्बद्धन गरेको हो ।

पोखरा देखि स्नातक तहका बिद्यार्थीलाई स्थलगत अध्ययनका लागि लिएर रानागाउँ पुगेको शिक्षक शंकल पौडेल होमस्टेको वातावरण देखेर नतमस्तक भएको सुनाउँछन् । ‘यहाँको आतिथ्यता स्वागत सत्कार, मौलिक कौडा नाच, आर्गानिक खाना पारिवारिकमैत्री वातावरण, प्राकृतिक सौन्दर्यता, ऐतिहासिक महत्व बोकेको स्थान तथा मन्दिरहरु, जसले साँच्चिकै हामीलाई ल्योभ्यायो ’ भन्छन्,‘यस गाउँमा आएपछि बिद्यार्थीहरुले समेत धेरै शिर्षकहरु भेटेका छन् फिल्ड रिपोर्ट तयार पार्न ।’ होमस्टेको अनुभव लिईसकेका आन्तरिक पर्यटकलाई पौडेल एक पटक रानागाउँ गएर होमस्टेको वास्तबिक अर्थ बुझ्न सक्ने समेत सुझाउँछन् ।

आन्तरिक पर्यटकको आवागमनमा बृद्धि भएसँगै रानागाउँका स्थानियबासीको अर्थतन्त्रमा थप टेवा पुगेको त छ नै तर सरकाले सन् २०२० मा २० लाख बाह्य पर्यटक भित्राउने लक्ष्यलाई पूरा गर्न भने रानागाउँ जस्तो अनेकै होमस्टेको प्रबद्र्धन गर्न जरुरी देखिन्छ ।

फोटो : मिलन थापा

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.