www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा यामाहाको ‘फिल द थ्रिल’ रोड सो, ‘एफजी भी थ्री’ सार्वजनिक

पोखरा ।

नेपालको लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आफ्नो राष्ट्रव्यापी यात्रा ‘फिल द थ्रिल’ सुरु गरेको छ । आइतबार पोखराबाट सुरु गरिएको रोड सोमा चर्चित गायक अल्मोडा राना उप्रेती र धर्मेन्द्र सेवानको प्रस्तुतीबीच नयाँ मोटरसाइकल यामाहा एफआई भी३ सार्वजनिक गरिएको छ ।

रोड सोमा अल्मोडाले ‘पानी प¥यो’, ‘माया माया’, ‘दिलको भित्तामा’ र ‘यति यति पानी’ बोलका गीत गाएर दर्शक स्रोतालाई नचाएका थिए । त्यसैगरी, धर्मेन्द्र सेवानले ‘हेर्दा राम्रो’, ‘दिलै जलायौ’, ‘रेशम फिरिरि’ बोलको प्रस्तुती दिएका थिए । कार्यक्रम पोखरा सभागृह हल परिसरमा सम्पन्न भएको थियो ।

Batas

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालि र विशिष्ठ अतिथि नेपाली युवा उद्यमि मञ्चका अध्यक्ष वैभव पौडेलले संयुक्त रुपमा गरेका थिए । सोही अवसरमा यमाहा राइड आउट वीथ रोडिजमा सहभागि पोखरेली युवाहरु ज्ञनेन्द्र विक्रम शाह ,सन्दिप क्षेत्री र विसाल अर्याल ले यमाहा मोटरसाइकलको वारेमा आफ्ना अनुभवहरु व्यक्त गरे ।

रोड सोकै क्रममा यामाहाको नयाँ मोटरसाइकल एफजीएस एफआई भी थ्री सार्वजनिक गरिएको थियो । केही समयअघि नेशनल लन्च भएको यो मोटरसाइकल युवा राइडरहरुको मन जितिसकेको छ । एफजीएस–एफआई भी ३.० अत्याधुनिक ‘एफआई’ (फ्युल इन्जेक्सन) प्रविधि र ‘एबीएस’ (एन्टिलक ब्रेकिङ सिस्टम) दुवै भएको १५० सीसी सेग्मेन्टकै पहिलो मोटरसाइकल हो ।

यसमा १४९ सीसीको ‘सिंगल–सिलिन्डर, फ्युल–इन्जेक्टेड ब्लुकोर इन्जिन’ रहेको छ जसले अधिकतम १३.२ बीएचपी पावर र १२.८ एनएम टर्क उत्पन्न गर्छ । ५–स्पिड गियरबक्स रहेको छ भने अगाडि ४१ एमएमको ‘टेलिस्कोपिक फर्क’ र पछाडि ‘मोनो शक’ प्रयोग गरिएको छ । यसको फ्रन्ट र ब्याक दुवै ह्विलमा डिस्क ब्रेकको व्यवस्था गरिएको छ ।

नयाँ मोटरसाइकलको फ्युल ट्यांक क्षमता १२.८ लिटर रहेको छ भने यो ‘म्याट ब्लु’, ‘म्याट ब्ल्याक’ र ‘ग्रे सायन’ गरी तीन वटा ‘एक्साइटिङ कलर’मा उपलब्ध छ । नयाँ एफजी भी ३.० मा नयाँ ‘फुल–एलईडी डुअल पड हेडल्याम्प युनिट’ र ‘प्रिमियम क्रोम फिनिस’ भएको नयाँ ‘मस्कुलर फ्युल ट्यांक’ रहेको छ । कार्यक्रम विश्वकमा अटो वक्र्सका प्रोपाइटर सरोज श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.