www.tandavnews.com
Fact ~ In search of truth

ओलि एण्ड एसोसिएट्स अष्ट्रेलियन एजुकेशन फेयर जेठ २३ गते पोखरामा

पोखरा ,
ताण्डव न्यूज ।

ओलि एण्ड एसोसिएट्स अष्ट्रेलियन एजुकेशन फेयर २०१९ को तयारी पुरा भएको छ ।

यहि जेठ २३ गते पोखरामा ओलि एण्ड एसोसिएट्स शैक्षिक मेला २०१९ हुन लागेको आज पत्रकार सम्मेलनमार्फत  प्रबन्धक तिलक लामिछानेले जानकारी दिए । प्रबन्धक  लामिछानेकाे अनुसार ओलि एण्ड एसोसिएट्सले उच्च शिक्षाका लागी अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई मध्यनजर गर्दै नेपालका मुख्य शहरहरुमा शैक्षिक मेला आयोजना गरिएको हाे ।

Batas

शैक्षिक मेला पोखरा –५ जिरो कि.मि मा अवस्थित निर्मल शान्ती निवासमा हुनेछ । मेला बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चल्ने लामिछानेले बताए । शैक्षिक मेलामा अष्ट्रेलियन कलेजका प्रतिनिधिहरु, ओलि एण्ड एसोसिएट्सका प्रवन्ध निर्देशक तथा अष्ट्रेलियन माइग्रेसन एजेन्ट भवानी ओली, सस्थाका नेपाल प्रमुख सुदर्शन शर्मा, बैङ्कका प्रतिनिधिहरुको सहभागिता रहने आयोजक संस्थाले जानकारी दएको छ ।

शक्षिक परामर्श, छात्रवृत्तिका अवसर, शैक्षिक कर्जाको लागि बैङ्कका प्रतिनिधिसँग भेटघाट तथा छलफल, कलेजका प्रतिनिधिहरुसँगको भेटघाट, क्ष्भ्ीत्क्रएत्भ् तयारीमा छुट तथा जानकारी, गिफ्ट ह्याम्पर, फोटोसेसन र रिफ्रेसमेन्ट आदी मेलाका आर्कषणका रुपमा रहेका छन् ।

एजुकेशन फेयरमा पोखरा तथा पोखरा आसपासका ५ सय भन्दा बढी विद्यार्थी तथा अभिभावकको सहभागिता रहने संस्थाको अपेक्षा रहेको छ । फेयरमा अष्ट्रेलियन माइग्रेसनको बारेमा विशेष परामर्श लिन सकिनेछ ।

ओलि एण्ड एसोसिएट्स २००२ मा नेपाल र अष्ट्रेलियामा एकसाथ सञ्चालित भएको नेपालकै अग्रनी शैक्षिक परामर्श केन्द्र हो । यस संस्थाले स्थापना कालदेखि अष्ट्रेलियामा मात्र सिमित रहि शैक्षिक परामर्श भिजा प्रोसेस लगायतको कार्य गर्दै आइरहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.