www.tandavnews.com
Fact ~ In search of truth

सगरमाथा आरोही एचआइभी संक्रमित गोपाललाई पोखरा महानगरको सम्मान

सगरमाथामा पोखरा महानगरको लोगो

ताण्डव न्युज ।
एचआइभी संक्रमितहरु समाजमा घृणित ब्यवहारले आजित भइरहेका छन् । केहि संक्रमितहरु खुल्न पनि चाहँदैनन् । तर, पोखराका गोपाल श्रेष्ठले भने आफु एचआइभी संक्रमित भएपछिको जीवनलाई नै थप सार्थक बनाउन लागि परेका छन् ।

फुलबलको पूर्व राष्ट्रिय ए डिभीजन खेलाडी समेत रहेका उनले हालै विश्वकै सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरे । उनी एचआइभी संक्रमित मध्ये सगरमाथाको सफल आरोहण गर्ने विश्वकै एक मात्र आरोही हुन् । विहीबार पोखरा महानगरका प्रमुख मान बहादुर जीसीले एक कार्यक्रम गरी उनलाई दोसल्ला, प्रमाण पत्रले सम्मान गरे ।

सम्मान पछि श्रेष्ठले भने, ‘म पहिलो पोखराको नागरिक, पोखरा महानगरको नागरिक त्यसैले मैले पोखरा महागनरको लेखेको ब्यानर सगरमाथामा फर्फराएँ । म असाध्यै खुसी छु ।’

Batas

उनले आफु आरोहणको क्रममा रहँदा समस्या पर्दा रेस्क्यू गर्ने टान पश्चिमाञ्चल र त्यस च्याप्टरका अध्यक्ष हरि भूजेललाई पनि धन्यावाद ज्ञापन गरे । त्यस्तै उनलाई आरोहण गर्न सहयोग गर्ने स्टेप अप क्याम्पीङका समुह तथा सञ्चारकर्मीहरुलाई पनि सम्मान प्रकट गरे ।

‘हामी बाध्यताले यस्तो समस्यामा प¥यौँ । हामी समाजका फरक मान्छे हैनौँ । केहि गरेर देखाउन सक्छौँ । मात्रै हामीलाई साथ र सहयोग चाहिन्छ,’ उनले भने । सम्मान कार्यक्रममा पोखरा महानगरपालिका भित्रका वडाध्यक्षहरुको पनि सहभागिता रहेको थियो ।
पोखरा महानगरका प्रमुख जीसीले पोखरा र नेपालको नाम उँचो बनाएकोमा गोपाललाई सम्मान गरेको बताए । उनले आगामी दिनमा पनि पोखरा महागनरपालिका सँगै रहेको बाचा गरे ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.