www.tandavnews.com
Fact ~ In search of truth

पोखरा १३मा अपाङ्गमैत्री बाटो

पोखरा
ताण्डव न्युज।

पोखरा महानगरपालिका वडा नं १३ मा अपाङ्गमैत्री बाटो निर्माण गरिएको छ । मियाँपाटन चोक देखी कुँडहर चोकसम्म दृष्टिबिहिन लक्षित बाटो निर्माण गरिएको हो । वडाध्यक्ष दर्शन लामाले स्मार्ट सिटीको अवधारणालाई मध्यनजर गर्नका साथै वडामा रहेका अपाङ्गहरुलाई आवतजावत गर्न सहजताका लागि निर्माण गरिएको बताए । उनका अनुसार ९ लाख १६ हजारको लागतमा सय मिटरको बाटो निर्माण गरिएको छ ।

वडा नं १३ मा कुल १५ सय मिटरमा अपाङ्गमैत्री बाटो निर्माण गर्ने लक्ष्य रहेको बताउदै उनले अहिले सम्म कुल ४ सय मिटर अपाङ्गमैत्री बाटो निर्माण गरी सञ्चालनमा रहेको बताए । बिशेषगरी नेपालमै उत्पादन भएका सामाग्रीको प्रयोगमा बाटो बनाएका छौं, उनले भने, ‘यो सुरुमा अलि खर्चिलो छ, तर बाटो मुनीको खानेपानीको पाईपलाईनलाई मर्मत गर्न परेको खण्डमा टायल मात्रै झिकेर काम गर्न सकिन्छ, फेरी जस्ताको तस्तै बनाउन मिल्छ, यो अर्थमा र दीर्घकालिन रुपबाट हेर्नेहो भने यो कम खर्चिलो देखिन्छ ।’

Batas

उनले आगामी वर्ष सोही अनुरुपको ३ सय मिटर बाटो निर्माण रहेको योजना रहेको बताउदै मोटरेवल सडक (१ सय ३७ मिटर) २१ लाखको लागतमा निर्माण सम्पन्न गरेको उल्लेख गरे । लामाले मिँयापाटन देखी काँहुखोला, गौडामुख देखी भद्रकाली र बिपी मार्ग देखी मिँयापाटन चोकसम्म अपाङ्गमैत्री बाटो निर्माणको लागि बिशेष योजना रहेको समेत बताएका थिए । यसअघि लामाले भद्रकाली माबिको गेट अगाडी ट्राफिक व्यबस्थापनका लागि ट्राफिक लाईट समेत जडान गरिसकेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.