www.tandavnews.com
Fact ~ In search of truth

गाउँमै बसौँबसौँ बनाउने काँग्रेसको अभियान अपुरो :काँग्रेस नेता पौडेल

तनहुँ ।

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले विकासको प्राथमिकता छुट्याउन नसकेको बताएका छन ।

नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानअन्तर्गत तनहुँ जिल्लामा सञ्चालित पहिलो चरणको एक महीने कार्यक्रमको हिजो शनिबार दमौलीमा समापन गर्दै वरिष्ठ नेता पौडेलले सरकार कुहिरोको कागजस्तै भएको आरोप लगाए ।

Batas

विकास र समृद्धिको मेरुदण्ड लोकतन्त्र र सुशासन भएकोमा जोड दिँदै नेता पौडेलले अहिले देशलाई लोकतन्त्र र सुशासनको आवश्यकता परेको बताए ।
काङ्ग्रेसको नीतिले गर्दा मुलुक आज यो अवस्थामा आइपुगेको नेता पौडेलले दाबी गरे ।

गाउँमा नै बसौँबसौँ बनाउने काङ्ग्रेसको अभियान अझै पूरा हुन नसकेको बताउँदै उनले गाउँमै रोजगारी र आम्दानीको अवसर सिर्जना गर्न सके मानिस गाउँबाट पलायन नहुने विचार राखे ।

जनतालाई साथमा लिएर काङ्ग्रेसले भ्रष्टाचार र कुशासनविरुद्धको आन्दोलन शुरु गर्ने बताउँदै पौडेलले त्यसका लागि जनता जागरुक हुनुपर्ने बेला आएको बताए । उनले भने, “दोस्रो चरणको अभियान प्रचारमुखी होइन, सङ्गठनमुखी हुनुपर्छ, तल्लो तहदेखि नै काङ्ग्रेसलाई मजबुत बनाउने सशक्त अभियान दोस्रो चरणमा आउँदैछ ।”

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले देशको नेतृत्व गर्न सक्ने सक्षम पार्टीको रुपमा काङ्ग्रेस पुनःजीवित हुने दाबी गरे ।वैशाख २५ गतेदेखि शुरु भएको जागरण अभियानअन्तर्गत तनहुँका दश स्थानीय तहमा कार्यक्रम सम्पन्न भएको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.