www.tandavnews.com
Fact ~ In search of truth

बागलुङमा हिजोदेखि क्विक्स कप फुटबल सुरु,आज ४ खेल

अर्जुन कार्की
ताण्डव न्यूज ।

जिल्ला फुटबल संघ बागलुङको आयोजनामा शनिबारदेखि क्विक्स कप अन्तरस्कुल स्तरीय छात्र तथा छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगितामा शनिबार छात्रा तर्फ सिदार्थ शिक्षा सदन र न्यू एभरेष्ट एकेडेमीले जित हात पार्दै फाइनलमा प्रवेश गरेका छन् । नकआउट चरणका खेलमा सिदार्थ शिक्षा सदनले अमर आदर्श आवासियलाई टाइब्रेकरमा हराउँदै फाइनल प्रवेश गरेको हो । ५० मिनेटको निर्धारित समयमा खेलको दुवै टिमबाट १–१ गोल बराबरी भएपछि खेल सिधै टाइब्रेकरमा पुगेको थियो ।

Batas

खेलको ४५ औं मिनेटमा अमर आदर्शकी ज्ञानु केसीको उत्कृष्ट पासमा कप्तान सुमिना केसीले गोल गर्दै अग्रता लिएपनि सिदार्थको लागि खेलको ४९ औं मिनेटमा अञ्जना कार्कीले गोल गर्दै खेल बराबरी बनाएकी थिइन ।
टाईब्रेकरमा सिदार्थकी गोलकिपर सुमन थापा मगर नायक बनेपछि अमर आदर्शलाई ४–३ गोलअन्तरले पराजित गरेको थियो ।

खेलअवधिभर उत्कृष्ट प्रर्दशन गरेकी सिदार्थकी गोलकिपर सुमनले पेनाल्टीमा अमर आदर्शकी अश्मी विकको प्रहार रोकेकी थिइनभने कप्तान सुमिना केसीको प्रहार बाहिरीएको थियो । यस्तै सिदार्थकी दिव्या थापा मगरको प्रहार बाहिरीएको थियो ।

अमर आदर्शको लागि सिमा थापा, ज्ञानु केसी र बन्दना श्रेष्ठले गोल गरेभने सिदार्थको लागि मेलिना पुन मगर, दिक्क्षा क्षेत्री, सारादा श्रेष्ठ र सरु थापा मगरले गोल गरेका थिए । यस्तै दोस्रो खेलमा चिल्ड्रने लाईफ बोर्डिङ स्कुललाई सडनडेथमा हराउँदै न्यू एभरेष्ट एकेडेमी फाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयमा दुवै टिम गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा दुवै टिमबाट २–२ भएपछि सडनडेथबाट खेलको विजेता चुनिएको थियो । सडनडेथमा न्यू एभरेष्डले चिल्ड्रेन लाईफलाई २–१ गोलअन्तरले पराजित गर्यो ।

न्यू एभरेष्टको लागि कप्तान सोनिया परियार, सजुन क्षेत्री, सोपना श्रेष्ठ र अञ्जु विकले गोल गरेका थिएभने सोइक्षा पाठक, मनिषा पुन र निशा खड्काको प्रहार बाहिरीएको थियो । यस्तै चिल्ड्रेन लाईफको लागि रजिना पुन, रिना मल्ल र अञ्जु क्षेत्रीले गोल गरेका थिए ।

आजका विजेता सिदार्थ शिक्षा सदन र न्यू एभरेष्टले उपाधिको लागि ३२ गते प्रतिस्पर्धा गर्नेछन् । छात्रा तर्फको विजेताले ५ हजार रुपैयाँ र उपविजेताले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।यस्तै छात्र तर्फको खेल आईतबारदेखि सुरु हुने भएको छ । आईतबार ४ खेल हुने प्रतियोगिताको प्रचारप्रसार उपसमिति संयोजक सुर्य लामिछानेले जानकारी दिए ।

छात्र तर्फको पहिलो खेल अमर आदर्श आवासिय मावि विरुद्ध युएस एकेडेमी, दोस्रो खेल न्यू ओयसिस एकेडेमी विरुद्ध फ्युचर ब्राइटर बोर्डिङ स्कुल, तेस्रो खेल चिल्ड्रेन लाईफ बोर्डिङ विरुद्ध धौलागिरी आवासिय मावि र चौथो खेल अमृत आदर्श बोर्डिङ विरुद्ध गणेश मावि बलेवाका विच हुने जिल्ला फुटबल संघ बागलुङका उपाध्यक्ष विकाश थापाले जानकारी दिए ।

प्रतियोगितामा छात्र तर्फको विजेताले नगद १५ हजार रुपैयाँ र उपविजेताले १० हजार रुपैयाँ प्राप्त गर्ने । अखिल नेपाल फुटबल संघ एन्फाको बार्षिक क्यालेन्डर अन्तरगत हुन लागेको प्रतियोगिता जेठ ३२ गतेसम्म संचालन हुनेछ ।

शनिबार प्रतियोगिताको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले खेलकुदले राष्ट्र निर्माणमा सहयोग पुर्याउने बताए । उनले विद्यार्थीहरुलाई विद्यालयस्तरबाट नै खेलकुद तर्फ अगाडी बढाउँदा अनुशासित बन्नुका साथै देशको लागि उत्कृष्ट खेलाडी उत्पादन हुने बताए ।

जिल्ला फुटबल संघ बागलुङका उपाध्यक्ष तथा प्रतियोगिता संचालन समितिका संयोजक रेशम गोतामेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत खेल व्यवस्थापन उपसमिति संयोजक राहुल बोहोरा र संचालन एन्फा बागलुङका महासचिव जय राजभण्डारीले गरेका थिए ।

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.