www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री ओली कतारको दोहामा

दोहा ।

प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुकहरुको भ्रमणको लागि स्वीट्जरल्याण्डको जेनेभा जाने क्रममा कतारको राजधानी दोहा पुगेका छन् ।

दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई त्यहाँको नेपाली दूतावासका कार्यवाहक राजदूत लक्ष्मण खनालसहितका अधिकारीहरुले स्वागत गरे । प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी श्रीमती राधिका शाक्य छन् । प्रधानमन्त्री ओली जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम सङ्गठनको शतवार्षिकी समारोहमा सहभागी हुन आज बिहान दोहाबाट जेनेभाका लागि प्रस्थान गर्नेछन् ।

Batas

जेनेभापछि प्रधानमन्त्री ओलीले बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुने कार्यक्रम छ ।प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रेस सल्लाहकार डा कुन्दन अर्याल तथा सांसदहरु विमलप्रसाद श्रीवास्तव र विन्दा पाण्डेलगायत छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.