www.tandavnews.com
Fact ~ In search of truth

क्विक्स कपको तेस्रो दिन पाँच खेल:१ कारवाही, १ वाकओभर,आजदेखि प्रि–क्वाटरफाइनलका खेल

अर्जुन कार्की,
ताण्डव न्यूज ।

बागलुङ बजारमा जारी क्विक्स कप अन्तरविद्यालय स्तरीय फुटबल प्रतियोगितामा सोमबार समुह चरणका खेलहरु सकिएका छन् । सोमबार पाँच खेलमा ३ खेल पुरा समय खेलाइयो भने १ टिमलाई कारवाही र १ टिमलाई वाकओभर दिइएको छ ।

सोमबार धौलागिरी विरेन्द्र माध्यमिक विद्यालय, अमृत आदर्श बोर्डिङ र रुद्रेपिपल माध्यमिक विद्यालयले जित हातपर्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।सोमबारको पहिलो खेलमा धौलागिरी विरेन्द्र माविले न्यू एभरेष्ट एकेडेमीलाई १–० गोलअन्तरले पराजित गर्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

Batas

धौलागिरीको लागि अंकित पौडेलले खेलको ३४ औं मिनेटमा पेनाल्टीबाट गरेको गोल नै जितको लागि निर्णय बन्यो । न्यू एभरेष्टका संगम विकले डिबक्स एरिया भित्र ह्यान्ड गरेपछि धौलागिरीले पेनाल्टी प्राप्त गरेको थियो ।
दोस्रो खेलमा अमृत्त आदर्श बोर्डिङ स्कुलले गणेश माध्यमिक विद्यालय बलेवालाई २–० गोलअन्तरले पराजित गरेको छ । अमृतको जितको लागि खेलको १६ औं मिनेटमा दिपेश पुन र ४५ औं मिनेटमा संजिभ थापाले गोल गरेका थिए ।

समुह चरणको अन्तिम खेलमा रुद्रेपिपल माध्यमिक विद्यालयले गरिमा आवासिय माविलाई टाइब्रेकरमा २–० गोलअन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुवै टिमबाट कुनै गोलहुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

ट्राइब्रेकरमा रुद्रेपिपलका रोहन बोहोरा र सुविक थापाले गोल गरेका थिएभने सचिन शर्माको प्रहार बाहिरीएको थियो । यस्तै गरिमाका आर्यान थापा र अलिस थापाको प्रहार बाहिरीएको थियोभने कल्पन क्षेत्री र नयन रोकाको प्रहार रुद्रेपिपलका गोलकिपरले रोकेका थिए ।

यस्तै सोमबार नै त्रिभुवन माध्यमिक विद्यालयले बढि उमेरका खेलाडीहरु मैदान प्रवेश गराएपछि कारवाही गरिएको छ । आदर्श विद्यामन्दिर माविसँगको खेलमा बढि उमेरका खेलाडीहरु मैदान प्रवेश गराएको प्रमाणपछि त्रिभुवन कारवाहीमा पर्दा आदर्श विद्यामन्दिर अघिल्लो चरणमा प्रवेश गरेको छ ।

यस्तै सोमबारको चौथो खेलमा अमर माध्यमिक विद्यालय उपस्थित नभएपछि रेश नुन्थला माध्यमिक विद्यालय स्वतः विजयी हुँदै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।प्रतियोगितामा आज (मंगलबार)देखि प्रि–क्वाटरफाइनलका खेल हुने भएका छन् ।

मंगलबार पहिलो खेल अमर आदर्श बोर्डिङ विरुद्ध विद्यामन्दिर माध्यमिक विद्यालय, सनराइज बोर्डिङ विरुद्ध अमृत आदर्श बोर्डिङ स्कुल र साविकको विजेता सिदार्थ शिक्षा सदन विरुद्ध फ्युचर ब्राइटर बोर्डिङ विच हुने प्रतियोगिता प्रचारप्रसार उपसमिति संयोजक सुर्य लामिछानेले जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.