www.tandavnews.com
Fact ~ In search of truth

एसईईको रिजल्ट असार तेस्रो साता आउने

पोखरा ।

एसईईको रिजल्ट यस वर्ष गत वर्षभन्दा ढिला प्रकाशन हुने भएको छ ।

माध्यमिक शिक्षा परीक्षाको नतिजा असारको तेस्रो हप्ता आउने भएको हो । यो भन्दा पहिलाको वर्षहरुमा असारको पहिलो वा दोस्रो हप्तामा आउने गथ्र्यो ।यस वर्ष प्रदेश २ मा प्रश्नपत्र बाहिरिनु, कर्मचारी अभाव हुदाँ नतिजा प्रकाशनमा ढिलाई भएको हो ।

Batas

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कार्यालयको अनुसार उत्तरपुस्तिका जाँच्ने काम तीव्ररुपमा भइरहेको छ । पेपर तीव्ररुपमा चेक भइरहे पनि नतिजा असारको तेस्रो हप्ता मात्रै सर्वजनिक गर्ने तयारी परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यसवर्षको एसईई परीषामा ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.