www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा मामाघर आएका वालकको इनारमा खसेर मृत्यु

पोखरा
ताण्डव न्युज ।
पोखराको रत्नचोकमा एक वालकको इनारमा डुबेर मृत्यु भएको छ । बुधबार साँझ ७ बजे ममीसँग मामाघर आएका स्याङ्जा घर भएका साँढे तीन वर्षका श्रीकृष्ण कोइरालाको बन्दै गरेको घरको इनारमा खसेर मृत्यु भएको हो ।

ट्यांकीमा खसेका वालक कोइरालाई सृजनाचोकमा रहेको मेट्रोसीटी हस्पिटलमा चिकित्सकले मृत घोषणा गरेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश सुबेदीका अनुसार बच्चा आमाको साथ छोडेर अन्य वालवालिकासँग खेल्नेक्रममा इनारमा खसेको प्रारम्भीक अनुसन्धानले खुलेको छ ।

इनार छ फिटको भएपनि इनारमा पानी जम्मा दुई फिटसम्म रहेको प्रहरीले जनाएको छ । उक्त घर निर्माणाधिन घर एसपी दिपक रेग्मीको रहेको प्रहरीले जनाएको छ ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.