www.tandavnews.com
Fact ~ In search of truth

महानगरस्तरिय प्रथम राष्ट्रपति रनिङ शिल्ड कप सुरु, बिद्यार्थीलाई खेलकुदमा प्रेरित गर्नुपर्छ : अर्थमन्त्री गुरुङ

सुशान्त गाहा मगर,
ताण्डव / न्युज पोखरा ।

पोखरामा महानगरस्तरिय प्रथम राष्ट्रपति रनिङ शिल्ड अन्तर बिद्यालय खेलकुद प्रतियोगिता आज (शुक्रबार) देखी सुरु भएको छ ।

पोखरा महानगरपालिकाको आयोजनामा बिभिन्न ६ खेल सहितको रनिङ शिल्ड खेलकुद प्रतियोगिता पोखरा रङ्गशालामा सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बिद्यार्थीहरुलाई शिक्षा सँगसँगै खेलकुद क्षेत्रमा समेत अभिप्रेरित गर्नुपर्ने बताए । उनले खेलकुदले ब्यक्तिको शारिरिक बिकास सहित बौद्धिक बिकास गर्ने बताउदै सबै अबिभावक लगायत शिक्षकहरुले समेत बिद्यार्थीलाई खेल खेल्न प्रेरित गर्नुपर्नेमा जोड दिए ।

मन्त्री गुरुङले गण्डकी क्षेत्रलाई खेलकुदको केन्द्र बनाउने लक्ष्य सहित प्रदेश सरकार नीतिगत ढङ्गबाट अगाडी बढेको उल्लेख गरे । ‘हामी बिगत देखीनै यस क्षेत्रको खेल बिकासको लागि कार्यक्रमहरु गर्दै आईरहेका छौ, मन्त्री गुरुङले भने ‘आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौ’ ।

मार्चपाससँगै सुरु भएको उक्त प्रतियोगितामा ३८ बिद्यालयका करिब १ हजार खेलाडीहरुको सहभागिता रहेको खेलकुद ब्यवस्थापन उपसमितिका संयोजक (वडा नं १० अध्यक्ष) राजकुमार गुरुङले बताए । उनका अनुसार चार दिन सम्म सञ्चालन हुने सो प्रतिायोगितामा (पुरुष÷महिला) एथ्लेटिक्स, सितेरियो कराँते, भलिबल, कबड्डी, उस्सु र तेकवान्दो गरी ६ बिद्याका खेलहरु समाबेश गरिएको छ ।

प्रतियोगितामा च्याम्पियन बन्ने बिद्यालयलाई रनिङ शिल्ड सहित नगद  ४० हजारको साथमा प्रमाण पत्र र पदक प्रदान गरिने गुरुङले बताए । उनका अनुसार उपबिजेता तथा सान्त्वना स्थान हासिल गर्ने बिद्यालयले क्रमश नगद  ३० हजार २० हजार सहित पदक हात पार्नेछ भने ब्यत्तिगत रुपमा बिजयी खेलाडीहरुले पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

एथ्लेटिक्सको उपाधि किशोर र सुजातालाई

पोखरा रङगशालामा जारी महानगरस्तरिय प्रथम राष्ट्रपति रनिङ शिल्ड अन्तरबिद्यालय खेलकुद प्रतियोगिताको एथ्लेटिक्स (पुरुष) तर्फ रत्नज्याती माबिका किशोर आले र महिलातर्फ भद्रकाली माबिका सुजाता बरालले उपाधि जितेका छन् । २२ जनालाई पछि पार्दै आलेले ५ मिनेट १७ सेकेण्ड र बरालले ६ मिनेट १९ सेकेण्डमा निर्धारित १५ सय मिटर पार गर्दै उपाधि जितेका हुन् ।

आले र बरालले उपाधिसँगै प्रमाणपत्र सहित स्वर्ण पदक प्राप्त गरे । त्यस्तै पुरुषतर्फ क्रमश गौरीशंकर माबिका दिलिप बुढाथोकी (६.०५ मिनेट) र भद्रकाली माबिका सुरेश बिक (६.०६ मिनेट) द्धित्तिय र तृतीय बने । त्यसैगरी महिलातर्फ गौरीशंकरका ओममाया फगामी (७.०५ मिनेट) द्धित्तिय र चिल्ड्रेन्स एकेडेमीका अर्पिता गुरुङ (८.२६ मिनेट) तृतीय बने ।

उनीहरुले क्रमश प्रमाणपत्र सहित रजत र कास्य पदक हात पारे । त्यस्तै मार्चपास तर्फ कास्की मोडनाइज्ड एकेडेमी प्रथम, गोर्खा बोर्डिङ स्कुल द्धित्तिय र सैनिक आवसिय महाबिद्यालयले तृतीय स्थान हासिल गरेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.