www.tandavnews.com
Fact ~ In search of truth

स्वच्छ वातावरण अभियानका लागि कलाकारको प्रर्दशनी

पोखरा
ताण्डव न्यूज
स्वच्छ वातावरण अभियानलाई सार्थक तुल्याउनको लागि शनिबार पोखरामा कलाकार सहितको सडक प्रर्दशनी तथा सरसफाई कार्यक्रम भएको छ ।
वन तथा वातावरण मन्त्रालय वातावरण विभाग काठमाडौंको आयोजना तथा सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) को प्रस्तुतिमा भएको कार्यक्रममा विभिन्न कलाकारहरुबाट वातावरण सम्बन्धी नाटक तथा गीत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्घाटन गरेका थिए । उनले सबैको विकल्प भएपनि वातावरणको विकल्प नहुँदा यसलाई सफा राख्न सबैलाई आग्रह गरे । ‘वातावरण स्वच्छ राखेनौं भने मानव जीवन पाउन सक्दैनौं,’ उनले भने, ‘वर पिपल मासिँदैछ । मानवबस्ती पनि अतिक्रमण भएको अवस्थामा यसलाइ जोगाउन सबै लाग्नुपर्ने हुन्छ ।’ उनले गण्डकी प्रदेशका जिल्लाहरु बाटिका बनाएर बरपिपल रोप्ने तयारी रहेको सुनाए । ‘यसको संरक्षणको लागि ऐन ल्याएका छौं । कार्यान्वयन गराउने छौं,’ उनले भने ।

गण्डकी प्रदेश सांसद राजिप पहारीले घरटोलमा फोहोर फ्याक्नेलाई सामाजिक रुपमा बहिष्कार गर्ने अभियान चलाउनुपर्ने बताए । ‘त्यस्तो अभियान चलाइयो भने अनिमात्र बल्ल स्वच्छ सहर बन्नेछ,’ उनले भने, ‘अब सबैले एउटा घर बनाउँदा तीन वटा रुख रोप्ने प्रण गर्नुपर्छ । पोखरा सहर अहिले कङक्रिड जस्तो भएको छ । रुख विरुवा मासिँदै छन् । यसलाई सफा र स्वच्छ बनाउन सबै लागौ ।’
कार्यक्रममा वडा न ६ का वडा अध्यक्ष जगतबहादुर पहारी, युवा नेता मनकुमार श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी कास्की सदस्य मंगल नेपाली, साँस्कृतिक संस्थानका प्रमुख प्रभाकरदेव शर्माले बोलेका थिए ।कार्यक्रमको सञ्चालन गायक जीवन दाहालले गरेका थिए ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.