www.tandavnews.com
Fact ~ In search of truth

स्याङजा भीरकोटका १४ वर्षीया गणेश २२ दिनदेखि बेपत्ता

वालिङ ।

स्याङ्जाको भीरकोट नगरपालिका– ५ आग्रिडाँडाका चौध वर्षीया बालक बेपत्ता भएका छन् ।

गत जेठ १० गते दिउँसो ३ बजेर ३० मिनेटको समयमा भिरकोट– ५ आग्रिखर्कस्थित घरबाटै गणेश विक बेपत्ता भएका हुन् ।बाख्रा चराएर घर फर्केपछि घरबाट हिँडेको छोराको यत्तिका दिनेसम्म पनि कुनै अत्तोपत्तो नभएको आमा सीता विकले दुखेसो गरे ।

Batas

“घर छोडेर कहिल्यै टाढा गएर धेरै दिन बसेको थिएन, कतै जानु परे पनि सोधेर हिड्थ्यो” आमा विकले भने, “तर अहिले घरमा केही नभनिकन कहाँ गएको हो, कुनै अत्तोपत्तो छैन ।”बेपत्ता भएका गणेशको सम्भावित ठाउँमा खोजी कार्यलाई जारी राखिएको छ भने जिल्लास्थित प्रहरी कार्यालयमा पनि जानकारी गराइसकिएको आमा विकले बताए ।

“छोराको फोटोसहित खोजीका लागि अहिले समूह बनाएर चारैतिर डुल्ने काम भइरहेको छ” आमा विकले भने, “छोराको चिन्ताले रुँदै बस्दै गरेकी छु । ” रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.