www.tandavnews.com
Fact ~ In search of truth

कर्णाली नदीमा जिप खस्यो,१६ बेपत्ता

पोखरा ।

जीप दुर्घटना भई कर्णाली नदीमा खस्दा १६ यात्रु बेपत्ता भएका छन् ।

लु १ ज ७१६६ नम्बरको जीप कर्णाली नदीमा खस्दाँ यात्रु बेपत्ता भएका हुन् । हुम्लाबाट याक्चुकुना जाँदै गरेको जिप आज दिउँसो करिब १ बजेको समयमा जीप दुर्घटनामा परेको हो ।

Batas

जीपमा हुम्लाका वडाध्यक्ष पनि रहेको जनाइएको छ । जीपमा कति यात्रु सवार थिए भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

जिप नदीमा खसेपश्चात नदीको पानीले छोपेकोले जिप कहानिर खस्यो भन्ने यकिन हुन सकेको छैन । सुरक्षा निकायका टोली घटनास्थलमा पुगी जिप र बेपत्ताको खोजी गरिरहेको जनाइएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.