www.tandavnews.com
Fact ~ In search of truth

प्रतिनिधिसभा बैठकमा काँग्रेसको अवरोध, भोलीसम्मका लागी स्थगित

पोखरा ।

प्रतिनिधिसभाको संसद बैठक भोली सम्मका लागि स्थगित भएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैगर्दा प्रतिपक्षी नेपाली काँग्रेसका सांसदहरुले नाराबाजी गरेपछि संसद बैठक अवरुद्ध बनेको हो ।

Batas

नाराबाजीले बैठक भोली सम्मका लागि स्थगित गरिएको हो ।नाराबाजीका कारण प्रधानमन्त्रीको सम्बोधन पनि रोकियो ।

सम्बोधनका लागि रोष्टम पुगेका प्रधानमन्त्री ओलीको सम्बोधन प्रतिपक्षी दलका सांसदहरुको नाराबाजीका कारण रोकिएको हो ।

सभामुख कृष्ण बहादुर महराले सांसदलाई बस्न पटकपटक आग्रह गरेपनि उनीहरुले नाराबाजी गरिराखेपछि बैठक स्थगित गरिएको महराले जनाए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.