www.tandavnews.com
Fact ~ In search of truth

पोखरा आउँदा माइत आएजस्तै ः प्रचण्ड

पोखरा
ताण्डव न्युज ।
नेकपाका अध्यक्ष प्रचण्डले पोखरा आउँदा माइत आएजस्तै लाग्ने पनि बताए । ‘कास्की पोखरामा आउँदा कता कता माइत आएको जस्तो फिल हुन्छ,’ उनले भने, ‘आफ्नो पन, सबै बचपनका यादहरु ताजा भएर आउँछन् ।’ उनले नेपालकै सबैभन्दा सुन्दर पर्यटकीय नगरी पोखरा भएको कारणले पनि पोखराको आफ्नै चाम्स रहेको र त्यसको पनि महत्व छुट्टै रहेको बताए ।
पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन हुने संकेत गरेका छन् । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग यसबारे छलफल भइरहेको बताएका छन् । ‘ बजेटपछि सरकार केही न केही पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट छलफल भएको छ,’ उनले भने, ‘तर, यो कुरा प्रधानमन्त्रीको क्षेत्राधिकार भित्र पर्ने भएकाले उहाँले चाहेको बेला पुनर्गठन हुन्छ ।’ पार्टी एकता हुँदा भएका सहमति, समझदारी र हस्ताक्षर गर्दा यसबारे प्रष्ट उल्लेख भएको उनले बताए ।

अध्यक्ष प्रचण्डले हाल विवाधित रहेको गुठी विद्येयकलाई सरकारले आवश्यक छलफल गरेर नयाँ सिराबाट पेश हुने बताए । ‘अहिलेदेशमा जनतामा असन्तुष्टि बढेको होकी ? त्यसमा पनि खासगरी काठमाडौँ उपत्यका भित्र गुठी सम्बन्धी विद्येयकलाई लिएर भइराखेको प्रदर्शन अन्य कतिपय विषयलाई लिएर भएको जनअसन्तुष्टि देखिएका छन्,’ उनले भने, ‘गुठी सम्बन्धी विद्येयक अहिले सरकारले फिर्ता लिइसकेको हुनाले अब नयाँ सिराबाट फेरी विद्येयक बनाउने प्रक्रिया अघि बढ्छ । यसमा हामीले के महसुस ग¥यौँ भने एकातिर आएका विद्येयकबारे महत्व र उदेश्यबारे समयमै बुझाउन कमी भयो ।’ विद्येयक बनाउने बेलामा सम्बन्धीत स्टेक होल्डरसँग छलफल नगर्दा अहिलेको परिणाम आएको उनको भनाई छ । ‘सरोकारवालाहरुको राय, सल्लाह लिएर अनि पार्टी र सरकारभित्र पर्याप्त गृहकार्य गरेर विद्येयक ल्याउनुपर्नेमा त्यसमा अपुग देखाप¥यो,’ उनले भने, ‘एकातिर गृहकार्यमा कमी, अर्काे तिर ल्याएको विद्येयकहरुलाई ठिक ढंगले बुझाउन नसकेको कारणले एक खालको सेन्टीमेन्ट आयो ।

सरकारले सेन्टीमेन्ट बुझेर, समयमै त्यसलाई फिर्ता गरेको छ । सरकार जनताप्रति गैरजिम्बेवार, कम्यूनिष्ट पार्टीको सरकार पेलेरै जाने अबस्थामा छैन भन्ने त यसले देखाएकै छ । अन्य विद्येयकहरुको हकमा पनि संसदिय प्रक्रियाबाट नै संसोधन गर्ने, परिमार्जन गर्ने अगाडी आउँछन् ।’ आगामी दिनमा विद्येयक बनाउँदा सरोकार, पार्टी भित्र र संसदमा पनि पर्याप्त छलफल हुने उनले बताए ।

Batas

प्रचण्डले पार्टी एकताको कामलाई अन्तिम रुप दिने तयारीमा रहेको पनि बताए ।
‘एकातिर पार्टीलाई गतिशिल बनाउने, जनतासँग जोड्ने अभियानको रुपमा लैजान पार्टी एकतालाई अन्तिम रुप दिने कसरतमा छाँैँ । धेरै जसो कुरा टुंग्याएका छौँ । बाँकी रहेको पार्टी केन्द्रिय विभागको काम देखि आयोगहरु, संरचनाहरु बनाउने टुंग्याउने चरणमा छौँ,’ उनले भने, ‘हिजो मात्रै ओलीसँग लामो छलफल गरेर एक पटक फेरी धक्का दिएर जानुपर्छ र सबै टुंग्याउनुपर्छ । यहाँ बाट फर्र्केर गएर टुंग्याउने र पर्सी सचिवालयको बैठक बसेर यसको समापन गर्ने तिर हाम्रो प्रयास छ ।’ सरकारको नेतृत्व गर्ने पार्टी भएकोले देशको, सरकारको, समग्र विकास प्रक्रियाकै निम्ती पार्टीको सबै खाले एकताले रणनीतिक अर्थ राख्ने उनले विश्वास ब्यक्त गरे ।

प्रचण्डले दुई तिहाइको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको स्वीकारेका छन् । सरकारको नेतृत्व गरिरहेको पार्टीको अध्यक्ष समेत रहेका उनले भने, ‘जति गतिमा, जुन तिव्रताको साथ विकासको अपेक्षा, सुशानिको अपेक्षा जनताले गरेका छन् त्यसमा कता कता भएन की भन्ने जनगुनासो हामीे सुनेका छौँ । अब यस बर्ष सम्बोधन हुन्छ । उनले अघिल्लो वर्ष नजरअन्दाजको भरमा बजेट आएको र आगामी वर्षको बजेट त्यस्तो नरहेको पनि स्पष्ट पारे ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.