www.tandavnews.com
Fact ~ In search of truth

खैरो हिरोइन सहित फुलबारीका राकेश पक्राउ

पोखरा
ताण्डव न्यूज ।

लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराले ब्राउन सुगर सहित एक युवालाई नियन्त्रणमा लिएको छ ।

बुधबार लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराले पोखरा १२ फुलबारी बस्ने ३३ वर्षका राकेश गुरुङलाई नियन्त्रणमा लिएको हो ।

पोखराको विभिन्न क्षेत्रमा ब्राउन सुगर खरिद, विक्रि वितरण, ओसारपोसार, सेवन समेत गर्ने सूचना पाएको ब्यूरोको विशेष टोलीले गुरुङलाई पक्राउ गरेको ब्यूरोका प्रहरी निरिक्षक टेकबहादुर रावतले जानकारी दिए ।

Batas

पक्राउ परेका गुरुङको कोठाबाट ब्यूरोको टोलीले सेतो प्लाष्टिक भित्र लुकाई छिपाई राखेको अवैध लागु औषध ब्राउन सुगर ५ (पाँच) ग्राम फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाईएको उनले जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.