www.tandavnews.com
Fact ~ In search of truth

बेनीमा सवारी चाप कम गर्न वैकल्पिक सडक

म्याग्दी ।

जिल्ला सदरमुकाम बेनी बजारमा बढ्दो सवारी साधनको चाप कम गर्नाका लागि वैकल्पिक सडक निर्माण गरिएको छ ।

बेनी नगरपालिकाले वडा नं ८ कालीपुलदेखि विद्युत् प्राधिकरणको कार्यालय हुँदै गणेशटोलको मन्दिर जोड्न वैकल्पिक सडक निर्माण गरिएको हो ।यो सडकबाट शिक्षामार्ग, क्याम्पसचोक, अस्पतालचोक र पीपलचोक क्षेत्रमा हुने सवारीसाधनको चाप कम हुने बताइएको छ ।

Batas

वैकल्पिक सडकबाट मोटरसाइकल, ट्याक्सी र जीप आवतजावत गर्न सक्ने उपभोक्ता समितिका सचिव भीमसेन बराइलीले बताए ।सोह्र फिट अग्लो पर्खाल बनाएर माटो भरेर एकातर्फी सवारी साधन आवतजावत गर्न सक्ने बनाइएको छ । सडकको घुम्तीमा रेलिङ र ढलानका लागि तयारी गरिएको छ ।

यो सडकले करीब एक किलोमिटर घुमाउरो बाटो १०० मिटरमा छोटिएको छ । सडक निर्माणका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा १० लाख रुपैयाँ विनियोजन गरेको वडाध्यक्ष रामकृष्ण बराइलीले बताए । गत वर्ष विनियोजित पाँच लाखबाट सडक निर्माण शुरु भएको थियो ।

कूल लागतको १५ प्रतिशत जनसहभागिता रहेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.