www.tandavnews.com
Fact ~ In search of truth

खेल, संस्कृति र कलालाई प्रथामिकता दिनुपर्छ ः अध्यक्ष दाहाल

विनिता सुनार
पाेखरा, 
ताण्डव न्यूज ।
 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले खेल, संस्कृति र कलाको क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।  पोखरामा बिहीबारदेखि सुरु बिच खेलको उद्घाटन गर्दै दाहालले भने, ‘राष्ट्रिय एकता र राष्ट्रिय स्वाधिनता सुदृठ गर्न एउटा समृद्ध नेपालको महाअभियानको आधार खडा गर्नु खेलकुदको महत्वपूर्ण भुमिका रहेको हुन्छ ।’

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सांसद राजीव पहारीले पर्यटनको राजधानी पोखरामा रहेको फेवाताल हेर्दाहेदै पोखरी भइसकेको उल्लेख गरे । ‘२२ हजार रोपनीमा फैलिएको फेवाताल ९ हजार ९ सय रोपनीमा आइरहेको छ,’ सांसद पहारीले भने, ‘जिम्मा पनि पाइदैन, जिम्मा पाएकाले पनि गर्नुहुदैन । यो मनको बह कसलाई पोख्यौ भनेजस्तै छ ।’ फेवातालको आकार बढाउने कुरामा ढिलासुस्त भएको उनले सुनाए । ‘हामीलाई यस्तो कुरा मान्य छैन । किनकी ‘नो लेक, नो लेकसाइड’ । त्यसैले लेकसाइडलाई बचाउन आवश्यक छ,’ उनले भने ।
समुन्द्रको छेउमा नै खेल्नु पर्ने खेल, त्यस्तै त्यसैको अनुभुति दिने गरी फेवातालको किनारमा आयोजना गरिएको सांसद दिपक कोइरालाले बताए । ‘खेल पर्यटनको हिसाबले पनि धेरै सम्भावना बोकेको हुन्छ,’ उनले भने, ‘बिच भलिबल गर्ने अरु पनि धेरै ठाउँहरु छन्, तरपनि पोखरालाई नै छानेर राष्ट्रिय प्रतियोगिता गर्ने अवसर प्रदान गरेकोमा हार्दिक आभारी छु ।’
असार ७ गतेदेखि सुरु हुने प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र तथा नेपाली सेनाको गरी तीन विभागीय तथा सात प्रदेशका एक–एक टिमबाट पुरुष तथा महिलाको छुट्टाछुट्टै दुई–दुई टिम गरी कुल ४० टिमले प्रतिष्पर्धा गर्नेछन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.