www.tandavnews.com
Fact ~ In search of truth

बागलुङको पैयुँपाटामा देवरले हँसिया प्रहार गर्दा भाउजु घाईते

अर्जुन कार्की
ताण्डव न्यूज ।

बागलुङ नगरपालिका–१३ पैयुपाटामा घरायसी विवाद हुँदा देवरले प्रहार गरेको हँसियाले लागेर भाउजु घाईते भएकी छन् ।

पैयुपाटाका ४५ वर्षिय बबि रोकाले बिहिबार विहान आफ्नै भाउजु लक्ष्मी रोकालाई हसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकृत झविन्द्र भट्टराईले जानकारी दिए । घाईते लक्ष्मीको टाउकोमा गम्भिर चोट लागेको छ । उनको पोखरामा उपचार भैरहेको प्रहरीले बताएको छ ।

Batas

हसिया सहित आक्रमणमा उत्र्रिएका बबिलाई सम्हालन गएका ७४ वर्षिय बुबा सोमबहादुर रोकाको हातमा चोट लागेको छ । बविलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको डिएपी भट्टराईको भनाई छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.