www.tandavnews.com
Fact ~ In search of truth

स्याङजा गुजारेका ५४ घरमा पिउने पानीको धारा

स्याङजा ।

खानेपानीको जोहो गर्दैमा दैनिकी गुजारेका स्याङजाका ५४ घरपरिवारमा पानीसँगै खुशियाली छाएको छ । स्याङ्जाको वालिङ–७ हिलेपानीस्थित गुजारेमा लिफ्टिङ गरी खानेपानी गाउँमा पुर्याइएको हो ।

गाउँभन्दा झण्डै ११० मिटर तल बाहुनधारा मूलबाट १६ सोलार प्यानलको माध्यमबाट पानी तानिएको छ । वालिङ नगरपालिकाका इञ्जिनीयर दीपेन्द्र मल्लका अनुसार मुहान र गाउँमा २०÷२० हजार लिटरको ट्याङ्की निर्माण गरिएको छ ।

Batas

घर नजिकै खानेपानीको मुहान नहुँदा यहाँका बासिन्दालाई पानी ओसार्नमै दिन बित्ने गरेको बाहुनधारा हर्रेडाँडा लिफ्टिङ खानेपानी योजना हिलेपानीका अध्यक्ष विक्रान्त अधिकारीले बताए ।
“सिँचाइको त कुरै छाडौँ खानेपानीसमेत नहुँदा दैनिकी कष्टकर बनेको थियो”, उनले भने, “अहिले योजना सम्पन्न भई गाउँमै खानेपानी पुगेपछि घण्टौँ समय बिताउनुपर्ने बाध्यता हटेको छ ।”

वालिङ नगरपालिकाले चालू आर्थिक वर्षमा १५ लाख र गत आर्थिक वर्षमा सात लाख रकम विनियोजन गरेको थियो । स्थानीयवासीले करीब दुई लाख बराबरको जनश्रमदान गरी खानेपानी आयोजना निर्माण गरेको वडासदस्य इन्द्रबहादुर गुरुङले बताए ।

चौवन्नमध्ये ४४ परिवार दलित समुदायको रहेको छ । दैनिक पानी खोल्ने कर्मचारीलाई मासिक दुई हजार पारिश्रमिक उपलब्ध गराउने र मर्मतसम्भार कोष स्थापनासमेत गर्ने योजना रहेको अध्यक्ष अधिकारीले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.