www.tandavnews.com
Fact ~ In search of truth

देशैका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

पोखरा ।

आज देशैभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागको पुर्वानुमान महाशाखाले जनाएको छ ।

देशका पश्चिम र मध्यपश्चिम क्षेत्रमा बिहानैदेखि पानी परिरहेको महाशाखाले जनाएको छ।जाजरकोट, डोल्पा सुर्खेत, जुम्ला, हुम्ला, मुगु, नवलपरासी, पर्सा, गोर्खा लमजुङ स्याङ्जा लगायतका पश्चिम र मध्य पश्चिम क्षेत्रहमा आज बिहानैदेखि पानी परिरहेको छ।

Batas

महाशाखाको अनुसार पश्चिम र मध्यपश्चिममा पानी पर्ने प्रणाली दिउँसोपख कमजोर भएर पानी पर्न रोकिने छ भने तराई क्षेत्रमा पानी पर्नेछ। बेलुकासम्म देशका अधिकांश स्थानको मौसम बदली भएर मेघ गर्जनसहित पानी पर्ने मौसमविभागले जनाएको छ पश्चिमी वायु, पूर्वी वायु र मनसुनको सक्रियताका कारण शनिबार देशभर पानी पर्ने महाशाखाले जनाएको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.