www.tandavnews.com
Fact ~ In search of truth

मणिपालमा डाक्टरको गाडीले ठक्कर दिँदा चार वर्षका वालकको मृत्यु

ताण्डव न्यूज ।

मणिपालमा अस्पताल नजिकै डाक्टरको गाडीले ठक्कर दिँदा माझठानाका चार वर्षको बालकको मृत्यु भएको छ । विहान ८ ः३० बजे आफ्नो बाबुआमासँग आएका चार वर्ष २ महिनाका शुसान कँडेललाई मणिपाल अस्पतालकै चिकित्सक विश्वदिपक तिमिल्सीनाको गाडीले ठक्कर दिएको हो । ठक्कर दिने वित्तिकै वालकलाइ   अस्पताल पुर्याइएको थियो । लगत्तै चिकित्सकले वालकलाई मृत घोषणा गरेका थिए ।

आफ्नो बाबा र ममीसँग मोटरसाइकलमा आएर मणिपाल अस्पताल छेउको चौतारा अगाडी झरेका वालकलाई गलत दिशाबाट आएको चिकित्सकको गाडीले ठक्कर दिएको हो । घटना लगत्तै चिकित्सक र उनको गाडीलाई प्रहरीले नियन्त्रणमा जिल्ला प्रहरीकार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.