www.tandavnews.com
Fact ~ In search of truth

बैंकिङ कसुर र ठगीमा २१ करोडभन्दा बढीको मुद्दा दायर

काठमाडौँ । 

महानगरीय अपराध महाशाखाले बैंकिङ कसुर र ठगीमा रु २१ करोड ४९ लाख ३४ हजार १०० बराबरको मुद्दा दायर गरेको छ । महाशाखाले चालू आर्थिक वर्षमा बैंकिङ कसुर र ठगीमा उक्त रकम बराबरको मुद्दा दायर गरेको हो । जसमा ६० विरुद्ध मुद्दा दायर भएको छ ।

महाशाखाका अनुसार साउनमा चार, भदौमा सात, असोजमा सात, कात्तिकमा चार, मङ्सिरमा चार, पुसमा दुई, माघमा दश, फागुनमा तीन, चैतमा सात, वैशाखमा तीन र जेठमा नौविरुद्ध मुद्दा दायर गरेको हो ।

Batas

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले बैंकिङ क्षेत्रमा रकम लिएर भाग्ने तथा विभिन्न व्यक्तिलाई ठगी गर्नेविरुद्ध महाशाखाले मुद्दा दायर गरेको जानकारी दिए । महाशाखाले बैंकिङ कसुर र ठगीमा विशेष खालका मुद्दा हेर्दै आएको छ ।

यसैगरी, महाशाखाले चालू आर्थिक वर्षमा रु १७ करोड ६० लाख ६१ हजार ७५ बराबरको मिलापत्र गराएको छ । बंैकिङ कसुरमा फरार तथा ठगी गरेर फरार व्यक्तिलाई पक्राउ गरी उक्त रकम बराबरको मिलापत्र गराएको हो । जसमा १११ रहेका छन् । साउनमा छ, भदौमा १३, असोजमा १८, कात्तिकमा आठ, मङ्सिरमा नौ, पुसमा ११, माघमा १६, फागुनमा दुई, चैतमा आठ, वैशाखमा आठ र जेठमा १२ ले मिलापत्र गरेका छन् । (रासस)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.