www.tandavnews.com
Fact ~ In search of truth

ठेकेदारको असारे चटारो : साढे ८ कराेडकाे निर्माणधिन पुल मादीले बगायो

पोखरा
ताण्डव न्यूज ।

कास्कीको मादी नदिले निर्माणाधिन मोटरेबल पुल बगाएको छ । निरन्तरको वर्षापछि उर्लेको मादी नदिले आइतबार विहान नौ बजे तिर पुल बगाएको मादी गाउँपालिकाका प्रमुख बेद बहादुर गुरुङले जानकारी दिए ।

‘यो पुल ढलान गर्न तयारी अबस्थामा थियो, आज बगायो,’ उनले भने, ‘ठेकेदारको लापरबाहीले पुल बगायो । हिउँदभरी सुतेर बस्यो बर्खामा आएर बनाउन लागेपछि लग्यो ।’ उक्त पुल मादी गाउँपालिका ७–३ नम्बर वडा जोड्ने पुल हो ।

Batas

तत्कालीन जिल्ला विकास समितिबाट ठेक्का पारेर हेटौँडाको मृत सञ्जीवनी निर्माण सेवाले निर्माणको जिम्मा पाएको थियो । झण्डै ८३ मिटर लामो हुने उक्त पुल आरसीसी स्ल्याबको हुने सम्झौता छ । ८ करोड ६९ लाख ७ हजार ९ सय ८ रुपैयाँ ३७ पैसामा मृत सञ्जीवनी निर्माण सेवाले २०७५ सालको बैशाख २० गते निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो ।

‘सम्झौता मितिमा काम नसकेपछि हामीले ठेकेदारदाई विदाई गर्न पनि लागेका थियौँ,’ गाउँपालिकाका अध्यक्ष गुरुङले भने, ‘तर, उसले अब जसरी हुन्छ छिटो निर्माण गर्छु भनेपछि गएको वर्षको चैतसम्मका लागि म्याद थप भयो । तर पनि पुल बनेन ।’ स्वीस सरकारको सहयोगमा बन्न लागेको उक्त पुल निर्माण सम्पन्न भएपछि काउले–ज्याम्दु–ताङतिङ का जनतालाई सहज हुनेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.