www.tandavnews.com
Fact ~ In search of truth

चिप्लेढुङ्गामा बिजी एरोबिक तथा डान्स एकेडेमि

पोखरा
ताण्डव न्यूज ।

बिजी एरोबिक तथा डान्स एकेडेमि संचालनमा आएको छ । चिप्लेढुङ्गा स्थित सुन्दरमार्गमा दिपा श्रेष्ठले एकेडेमि संचालनमा ल्याएकी हुन् । एकेडेमिको कलाकार राजाराम पौडेल, आकाश श्रेष्ठ, गायिका देबिका बन्दना र निर्देशक शिशिर राणाले संयुक्त रुपमा उद्घाटन गरे ।

सिन्धु मल्लको गित बत्तिस लक्षणबाट नृत्यमा पाइला चालेकी संचालीका श्रेष्ठले नेपाली चलचित्रसँगै विगत २ दशकदेखि यहि क्षेत्रमा काम गर्दै आएकी छिन् ।

Batas

‘लामो समय यस क्षेत्रमा काम गर्दै आएँ । त्यसैले पनि एकेडेमि संचालनका लागि उर्जा मिलेको हो । हामी कहाँ बच्चादेखि बृद्धसम्मका लागि एरोबिक र डान्स क्लासहरु संचालन भइरहेका छन्’ उनले सुनाइन् ।

एकेडेमि ५ महिना अघिदेखि सुरु भएपनि औपचारिक रुपमा भने आइतबारदेखि संचालनमा आएको हो । सो अवसरमा सुन्दर मार्ग महिला आमा समूहको समेत उपस्थिती रहेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.