www.tandavnews.com
Fact ~ In search of truth

असार १५ महतगौडा विरुवाफाँटमा असारे रोपाई महोत्सव हुने

पोखरा,
ताण्डव न्यूज ।

पोखरा पर्यटन परिषदको आयोजनामा १६ औँ असारे रोपाई महोत्सव –२०७६ हुने भएको छ ।

असार १५ गतेका दिन पोखरा–१७ महातगौडा विरुवाफाँटमा महोत्सव आयोजना हुनेछ ।‘पोखरा सबै मौसमका लागि’ भन्ने नाराका साथ करिब ४ रोपनीमा महोत्सव आयोजना हुन लागेको महोत्सवका संयोजक चिरञ्जीवी पोखरेलले बताए ।

Batas

उक्त महोत्सवमा स्वदेशी २५ हजार र ५ सय विदेशी पर्यटकहरु हिलोमा रमाउने छन् । महोत्सवमा स्थानीय कला साँस्कृतिको प्रर्वद्धनका साथै विभिन्न मनोरञ्जनात्मक प्रतियोगिताहरु समेत आयोजना हुने संयोजक पोखरेलले उल्लेख गरे ।

महोत्सवको अवसरमा साउने प्रतियोगिता (हलगोरुको दौड), आमा समुह बीच असारे गीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने खुला प्रतियोगिता, हिलोमा दौड प्रतियागिता महिला÷पुरुष, हिलोमा दौड प्रतियोगिता, विदेशी पर्यटक महिला÷पुरुष, रस्सा कसी नेपलाी र विदेशी, पत्रकारहरुको हिलो दौड प्रतियोगिता हुनेछ ।

महोत्सवमा स्थानीय एंव कास्की जिल्लाका उत्कृष्ट कृषकलाई सम्मान गरिनुका साथै ख्याती प्राप्त कलाकारहरुको साँस्कृतिक प्रस्तुती समते रहने पोखरेलले बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.