www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा भेटिएका बम डिस्पोज गर्दै सेना

पोखरा,
ताण्डव न्यूज ।

नेत्रविक्रम चन्द नेतृत्व निकट नेकपाले आह्वान गरेको बन्दको दिन आज पोखराका दुई स्थानमा बम भेटिएको छ ।

पोखराको चाउथे, तालचोक र डाँडाको नाक चोकको बीच भागमा बम भेटिएको हो भने बिरौटामा शंकास्पद वस्तु भेटिएको छ । चाउथे स्थित रचना मःम खाजा घर नजिकैे प्रेसर कुकर बम भेटिएको हो भने पार्दीमा शंकास्पद रातो वस्तु भेटिएको छ ।

Batas

चाउथेमा भेटिएको प्रेसर कुकर बमलाई डिस्पोजल टोलीले आज बिहान ७ बजे डिस्पोज गरिसकेको प्रहरीले जनाएको छ ।यस्तै पोखराको तालचोक र डाँडाको नाक बीच भागमा फेला परेको सकेट बम पनि डिस्पोज भईसकेको छ ।

यता पोखरा पार्दी बिरौटा खाद्यान्नको भित्री सडक पेटीमा भेटिएको रातो शंकास्पद वस्तु प्रहरीले डिस्पोज गर्दैछ । पोखरामा बन्दको एक दिन अगावै हिजैदेखि शंकास्पद वस्तु फेला परिरहेको छ ।

यसैबीच पोखरा महानगरपालिका ९, नयाँबजार स्थित ओम शान्ति भवन अगाडि रोडको साइडमा कालो झोला भित्र शंकास्पद वस्तु फेला परेको छ । बिहान ८ बजेको समयमा भेटिएको शंकास्पद वस्तु डिस्पोजको लागी डिस्पोजल टोली त्यस स्थानमा पुग्दैछ ।

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.