www.tandavnews.com
Fact ~ In search of truth

करेन्ट लागेर तनहुँमा २८ वर्षीया युवतीको मृत्यु

तनहुँ ।

तनहुँको म्याग्दे गाउँपालिका–२ पातीचौरमा सोमबार राति करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी २८ वर्षीया सीता थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

माधव घिमिरेको घरमा डेरा गरी बस्ने तिलमाला आलेको घरमा पाहुना आएकी थापालाई बिजुलीको होल्डर सार्ने क्रममा करेन्ट लागेको थियो ।करेन्ट लागेर घाइते उनको रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ । रासस

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.