www.tandavnews.com
Fact ~ In search of truth

बागलुङ ताराखोला गाउँपालिकाको बजेट २५ करोड ३५ लाख

अर्जुन कार्की
ताण्डव न्यूज ।

बागलुङको ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७६÷७७ को लागि २५ करोड ३५ लाख ३१ हजार ८ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाको पाँचौ गाउँसभाले शसर्त अनुदान सहित चालू तर्फ १३ करोड ७० लाख र पूँजीगत तर्फ ८ करोड ७२ लाख ३१ हजार ८ सय रुपैयाँ र चालु खर्च तर्फ ४ करोड ८५ लाख ७० हजार रुपैयाँ बिनियोजित गरेको छ ।

Batas

गाउँपालिकाले आर्थिक बिकास तर्फ १ करोड ८७ लाख ७९ हजार बजेट बिनियोजन गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा कृषि उत्पादन आधुनिकिकरणमा ५० लाख ७५ हजार, पशु तर्फ ५० लाख ५४ हजार, उद्योग क्षेत्रको बिकासका लागि १५ लाख, प्लाष्टिक मुक्त बनाउन, बाताबरण मैत्री झोला उद्योग निर्माण गर्न १० लाख बिनियोजन गरेको छ ।

पर्यटकीय प्रर्वद्धन तथा भ्रमण बर्ष सफल पार्न लागि ६९ लाख ५० हजार रुपैयाँ, रोजगारी सृजना, शसत्तिकरण सामाजिक परिचालक ५० लाख, सामाजिक क्षेत्र अन्तर्गत ३ करोड ६६ लाख १७ हजार ८ सय बिनियोजित गरेको छ ।

यस्तै शिक्षाको बिकासमा १ करोड ३० लाख २६ हजार, आधारभुत स्वास्थसेवा तर्फ ४५ लाख ६६ हजार, खानेपानी तथा सरसफाई तर्फ ७९ लाख ५० हजार, कला सस्कृति संरक्षण तर्फ ८ लाख, युवा तथा खेलकुदमा ७१ लाख ५० हजार, लक्षित बर्ग अन्तर्गत ३७ लाख २५ हजार बिनियोजित गरेको छ ।

पुर्वाधार बिकासमा ३ करोड २६ लाख ५० हजार, सडक तथा पुल निर्माण तर्फ २ करोड २५ लाख, सामुदायिक भवन निर्माण तर्फ ६९ लाख, उज्यालो गाँउपालिकाको लागि ३५ लाख रुपैयाँ छुट्याइएको छ ।

वातावरण संरक्षण, बिपद ब्यवस्थापन तर्फ २२ लाख ५० हजार, सस्थागत बिकास सेवा प्रवाहतर्फ ५५ लाख ६० हजार पुँजिगत सामाग्रीका लागि ७९ लाख ८८ हजार रुपैयाँ बजेट गाउँपालिकाले विनियोजित गरेको छ ।

गाउँपालिकाले समपुरक कोषमा २ करोड, आन्तरिक आम्दानी ३१ लाख र राजश्व बाँडफाँडमा ३० लाख रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.