www.tandavnews.com
Fact ~ In search of truth

नेपालका लागि नेपाली अभियान राजावादी भएकोआरोप लगाउँदै संस्थापकले नै गरे अभियान परित्याग

ताण्डव न्यूज ।

नेपालका लागि नेपाली अभियानका संस्थापक मध्येका एक अधिवक्ता अमृत खरेलले अभियान राजावादी भएको भन्दै अभियान नै छोडेको घोषणा गरेका छन् ।
उनले आफ्नो फेसबुक पेजमा स्वदेश क्षेत्रीले गरेको एक टिप्पणीमा प्रतिक्रिया दिँदै अभियानमा लागेकाहरु सबैले राजनीतिक रंग विर्सेर, राजनीति भन्दा माथी उठेर जाने सहमति अनुसार काम नगरेको र अभियानका नेतृत्वकर्ताहरु राजावादी विचारमा लागेपछि अभियान त्यागेको घोषणा गरेका हुन् । उनले आफूलाई भ्रष्टाचारविरोधी अभियानको नाममा राजावादी बन्न कर गरेपछि राजावादी बन्नुभन्दा बाध्य भएर सो अभियान नै छोड्नु परेको समेत उल्लेख गरेका छन् ।

उनले आफ्नो फेसबुकमा लेखेका छन् , ‘ म पनि नेपालका लागि नेपालीको समर्थक नै थिएँ, केही कार्यक्रमहरुमा पनि गएँ तर बालकृष्ण न्यौपाने सरले खुलेरै राजा ल्याउन चाहनु भएको एक दुई दिन अघिका अन्तरवार्तामा पनि सुनेँ, अझै पनि उहाँ राजा ल्याउन चाहने पार्टीको आफैँ अध्यक्ष रहेर मान्यता पाऊँ भन्दै सर्वोच्च अदालतमा मुद्दा लड्दै नै हुनुहुँदोरहेछ भन्ने थाहा पाएँ, त्यसै गरी डा। सुरेन्द्र भण्डारीले पनि खुलेरै राजा ल्याउन चाहनु भएको उहाँकै मुखबाट सुनेँ अन्तरवार्तामा लेटेस्ट अपलोड भएकोमा पनि उहाँले परमानेन्ट इन्टिच्युसन फर द हेड अफ स्टेट भन्नु भएको छ । परमानेन्ट इन्स्टिच्युसन प्रधानमन्त्री र राष्ट्रपतिका लागि हुँदैन राजाका लागि मात्र हुन्छ । राष्ट्रपति, प्रधानमन्त्री एज एन इन्स्टिच्युसन आफैँ परमानेन्ट हो व्यक्ति मात्र फरक हो । तर, उहाँले जनताबाट सरकार प्रमुख चुनेर अर्को परमानेन्ट इन्स्टिच्युसनको कुरा गर्नु भएको छ । परमानेन्ट इन्स्टिच्युसन भनेको वंशाणुगत राजतन्त्र बाहेक केही पनि हुन सक्दैन, परमानेन्ट वंशाणुगत मात्र हुन्छ । न त पत्रकारले त्यो प्रश्न सोधे न त जनताले बुझे । तर पढेलेखेका सबैलाई थाहा छ उहाँहरु राजावादी नै हो भन्ने पुष्टि भएको छ । राजावादी हुन पाइन्छ तर त्यसरी किन झुक्याउने रु हिम्मत साथ खुलेर भन्नु नि । फेरि पनि धोकधडी शुरु मै थाहा भएकोले म चाहिँ उहाँहरुको कुरामा विश्वस्त हुन सकिनँ ।’

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.