www.tandavnews.com
Fact ~ In search of truth

फेवा मात्रै हैन बेगनास ताल पनि अतिक्रमणको चपेटामा, महानगरको मापदण्डको वास्तै गर्दैनन्

पोखरा
ताण्डव न्यूज ।

ताल मिचेर गगनचुम्बी भवन बनाउने र तालकै जग्गामा होटल रेष्टुरेण्ट खोल्ने घटना पोखरामा अब नौलो भएन। फेवातालका सयौँ रोपनी जग्गा गायब भइरहेका वेला बेगनास तालमा पनि ताल मिचेर घर ठडिन थालेका छन्। महानगरको मापदण्ड मिचेर बेगनासको किनारमा धमाधम घर बन्न थालेको हो।  पोखरा महानगरको मापदण्डमा तालबाट एकसय मिटरसम्मको दूरीमा कुनै पनि भौतिक संरचना बनाउन पाइँदैन। फेवा तालमा भने मापदण्ड ६५ मिटर तोकिएको छ ।

पोखरामै रहेका अन्य साना तालहरुमा भने ५० मिटर वरिपरि संरचना बनाउन नपाइने मापदण्ड कायम छ ।  बेगनासमा तालको मापदण्ड मिचेर घर ठडिन थालेपछि सम्बन्धित घर धनीलाई पोखरा महानगरले पत्र पठाएरै  स्पष्टीकरण मागेको छ ।  ‘फेवातालको समस्या यहाँ नआओस् भनेरै केही घर बन्दैमा महानगरले यसलाई रोक्न लागेको छ,’ पोखरा महानगरप्रमुख मानबहादुर जीसीले भने, ‘अहिले घर बनाइरहेका घरधनीलाई तत्काल रोक्न, बनिसकेकालाई के कारणले तालको मापदण्ड मिचेर घर बनाएको जवाफ दिन र तालको मापदण्ड मिचेर घर बनाउने तयारी गरेकालाई नबनाउन सचेत गर्दै स्पष्टीकरण मागेका छौँ। काजजातसहित महानगरमा पेश गर्न भनेका छौँ।’

Batas

तालको संरक्षण गर्नकै लागि पनि स्थानीयले महानगरपालिकाले बनाएको तालको मापदण्डलाई आधार मानेर घर बनाउनुपर्ने मेयर जीसीको भनाइ छ। बेगनासतालमा मापदण्ड मिचेर अहिलेसम्म करिब १०० घर ठडिसकेको महानगरपालिकाले जनाएको छ। घर बनाइसकेकाहरू मापदण्ड भित्र आफ्नो जग्गा परेर मुआब्जा लिइसकेका व्यक्तिहरू, नजिकै रहेको सार्वजनिक वनको जग्गा मिच्नेहरू छन्।    स्थानीय भने महानगरपालिकाले तोकेको एकसय मिटरको मापदण्ड घटाउनुपर्ने बताउँछन्। फेवामा चार किल्ला नतोकिएकोले सर्वाेच्च अदालतले गरेको फैसला कार्यान्वयन नभएजस्तै बेगनासमा पनि चार किल्ला नतोकिएकोले ताल अतिक्रमण बढ्ने देखिन्छ।

फेवामा चार किल्ला नतोकिएकोले सर्वाेच्च अदालतले गरेको फैसला कार्यान्वयन नभएजस्तै बेगनासमा पनि चार किल्ला नतोकिएकोले ताल अतिक्रमण बढ्ने देखिन्छ। ‘कहाँबाट एकसय मिटर मान्ने, तालको सिमा, चार किल्ला कायम भएकै छैन,’ पोखरा महानगरपालिका ३१ का अध्यक्ष कमलबहादुर थापा भन्छन्, ‘गाउँलेहरु दिनदिनै कार्यालयमा आएर मापदण्ड घटाउन महानगरमा भन भन्छन्। हाम्रो नीतिमा सबै कुरा स्पष्ट नभएकोले कार्यान्वयनमा समस्या भएको छ।’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.