www.tandavnews.com
Fact ~ In search of truth

अन्ततःप्रकाश सपुत र शम्भु राईबीचको विवाद टुँगियो

पोखरा,
ताण्डव न्यूज ।

लोक गायक प्रकाश सपुत र गायक शम्भु राईबीचको विवाद टुंगिएको छ ।

गलबन्दी च्यातियो तिम्ले तानेर बोलको गित सार्वजनिक भएपछि गायक राईले आफ्नो गीतको भाका चोरेको आरोप सपुतलाई लगाएक थिए । सपुत र राईबीच प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमा आज ४ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको जनाइएको छ । राईले सपुत विरुद्ध प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा दर्ता गरेको मुद्धा पनि फिर्ता लिएका छन् ।

Batas

सहमति अनुसार शम्भु राईको ‘देउसी भैलो ’ गीतमा रहेको ‘आउ नाचौ साथी हो कम्मर कसेर, दुई दिनको जिन्दगी बिताउँ हाँसेर, लयमा प्रकाश सपुतको ‘गलबन्धी पछ्यौरी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर भन्ने अंशका लय मिल्न गएको निष्कर्ष निकालिएको छ ।

‘दुवै गीतमा भाका मिल्न गएको हकमा लोक दोहोरी गलबन्दी बोलको गीतको संगीत सिर्जना शम्भु राई र पुनः संगीत सिर्जना प्रकाश सपुत हुने गरी यु ट्युबको हकमा प्राविधिकरुपमा मिल्नेसम्म शम्भु राईको नाम समावेश गरी सच्याउने तथा अन्य प्रकाशन गरिने क्षेत्रमा सोही बमोजिम नाम समावेश गरी ‘गलबन्दी’ बोलको गीतलाई प्रकाशन गर्ने’, सहमति भएको छ ।

गलबन्दी गीतको हालसम्म युट्युबसहितका विभिन्न माध्यमबाट प्राप्तको सम्पूर्ण आम्दानीमा प्रकाश सपुतकै पूरा अधिकार हुने उल्लेख छ । यसमा शम्भु राई कुनै दाबी गर्न नपाउने पनि सहमतिपत्रमा उल्लेख छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.