www.tandavnews.com
Fact ~ In search of truth

नवलपरासीस्थित जगंलबाट ६७९ थान लागूऔषधसहित ३ पक्राउ

पोखरा ।

नवलपरासीमा लागूऔषध सहित ३ जना पक्राउ परेका छन् ।

पूर्व–पश्चिम राजमार्ग स्थित मध्यविन्दु नगरपालिका –१५ चोरमारा अरुणखोलामा बिचको जंगलमा चेकिङमा खटिएका टोलीले ६ सय ७९ थान लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

Batas

भैरहवा बाट काठमाडौँ तर्फ जाँदै गरेको लु १ ख ९११३ नम्बरको बसमा सवार काठमान्डौ महानगरपलिका (२ बस्ने २५ वर्षीया सन्दिप रजक लागूऔषध सहित पक्राउ परेका हुन् ।चेकजाँच गर्ने क्रममा निजको साथमा रहेको झोलाबाट प्रहरीले लागूऔषध नुफिन ११९ थान ,डाईजापाम ११५ थान र फेनरागन ११८ थान गरी जम्मा ३५२ थान लागूऔषध साथै प्रयोग भईसकेको सिरिन्ज ३ थान समेत फेला पारी बरामद गरेको छ ।

यसैबीच सोही स्थान मै चेकीङको क्रममा बझाङबाट काठमाडौँ तर्फ जादैँ गरेको ना ६ ख १३३३ नम्बरको बसमा सवार ललितपुरको टुंगुन गाउँपालिका(१ का २६ वर्षीय बिक्रम थोकर र ललितपुर कै महालक्ष्मी नगरपालिका(३ बस्ने वर्ष ३७ को श्यामसुन्दर पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुको साथबाट प्रहरीले नुर्फिन १०९ थान, डाईजोपाम १०९ थान र फेनरागन १०९ थान गरि जम्मा ३२७ थान लागूऔषध बरामद गरेको छ । पक्राउ परेका सबै माथि प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.