www.tandavnews.com
Fact ~ In search of truth

गन्धर्वनाटक घरमा आजबाट ‘योनिका कथाहरु’

पोखरा ।

पोखराको गैह्रापाटनमा रहेको पोखरा थिएटरको गन्धर्व नाटकघरमा शुक्रबारबाट ‘योनिका कथाहरु’ पोखरामा मञ्चन हुँदैछ । कथा घेरा प्रोडक्सनको प्रस्तुतीको नाटक मञ्चनको तयारी पुरा भएको नाटकको निर्देशक आकांक्षा कार्कीले जनाइन् ।

नाटकको सम्पुर्ण युनिट पोखरा आइपुगेका छन् । कार्कीकै अवधारणा, परिकल्पनामा यो नाटकलाई मञ्चन गरिनेछ । सन्देशमुलक नाटकको लागि पोखरेली दर्शकको माया र साथ पाउनेमा आफु आशावादी भएको उनले जनाइन् ।

Batas

नाटकमा बाल्यकालदेखि घर, स्कुल, कलेज, विश्वविद्यालय अनि काम गर्ने स्थानमा हुने यौन दुव्र्यवहार, निर्मलाहरुको कथा, शक्तिको दुरुपयोग, अलग–अलग समुदायका महिलाहरुको भोगाईहरु मार्फत पितृसतात्मक सोचलाई चित्रण गर्न खोजिएको निर्देशक कार्कीले बताइन् ।

अहिलेको विषयवस्तुमा महत्वपुर्ण संवाद नाटकमा हुनेछ । नाटक हेरिसकेपछि महिलाहरुले पनि आफुलाई भएको हिँस्साको बारेमा थाहा पाउनेछन् । ‘महिलामा लाज मानेर बस्नु हुदैन, बोल्नु पर्छ भन्ने आत्मबल बढ्छ’ उनले भनिन् ।

नाटक काठमाण्डौमा मञ्चन गरेपछिको सर्पोटले हौसिएर पोखरामा आएको उनले जनाइन् । १५ जनाको टिमलाई व्यवस्थापन गर्नुपर्दा सहज भने नभएको उनको भनाइ छ् । पोखरा पश्चात नेपालका अन्य मुख्य शहरमा समेत नाटक मञ्चन गर्ने तयारी गरेको कौशी थिएटरको सह–संस्थापक समेत रहेकी काकीले बताइन् ।

नाटकमा लूनिभा तुलाधर, सुदाम सिके, केनिपा सिंह, अनुजा अधिकारी, बिनिता गुरुङ, रोशनी स्याङ्बो, अर्चना पन्थी, सचिन मल्ल, आयुश्मान प्याकुरेलको अभिनय हेर्न पाइनेछ ।

नाटकको आलेख सौरभ कार्कीले तयार पार्दा सुरज सुबेदी, सुदाम सिकेले सौरभलाई सहयोग गरे । नाटकलाई आर्कषक बनाउन नाटक युनिटले निकै मेहनत गरेका छन् । नाटक असार १३ गते शुक्रबारबाट असार १५ गते आइतबारसम्म गरी तीन दिन मञ्चन हुनेछ । दिउँसो १ र साँझ ५ बजे गरी हरेक दिन दूई सो नाटक मञ्चन हुनेछ ।

नाटक हेर्न दर्शकले अग्रिम बुकिङ समेत गर्न सक्नेछन् । झण्डै १ घण्टा ३० मिनेटको अवधिको नाटकले समाजमा सकारात्मक प्रभाव पार्ने अपेक्षा आयोजकको छ । ‘प्राइभेट इज पोलिटिकल’ नाटक हेरेर प्रतिक्रिया दिन नाटक युनिटको सबैमा आग्रह छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.