www.tandavnews.com
Fact ~ In search of truth

गार्डेन यूबा क्लबको अध्यक्षमा बिनोद गुरुङ निर्वाचित

पाेखरा ।

पोखरा महानगर पालिका ११ स्थित गार्डेन यूबा क्लबको अध्यक्षमा बिनोद गुरुङ निर्वाचित भएका छन । संस्थाको हालै सम्पन्न अधिबेशनले बिनोदलाई अध्यक्ष सहित नयाँ कार्य समिती निर्वाचित गरेको हो ।

त्यसै गरि क्लबको अन्य पदाधिकारी तथा सदस्यहरुमा निर्वाचित भएका मध्ये उपाध्यक्षमा बिकास गुरुङ, सचिबमा सन्तोष कार्की, कोषाध्यक्षमा दिलिप गुरुङ रहेका छन । संस्थाको अन्य कार्य समिती सदस्यहरुमा अमृत गुरुङ, योगश गुरुङ, लोक बहादुर गुरुङ, राजेश भुजेल र गोबिन्द बहादुर भट्टराई रहेको क्लबले जनाएको छ ।

Batas

नवनिर्वाचित अध्यक्ष बिनोदका अनुसार अब क्लबको बैठक चाँडै बसेर खेलकुद र अन्य सामाजिक कृयाकलापका गतिविधीहरु अगाडी बढाउने बताए । नवनिर्वाचित अध्यक्ष गुरुङ फुटसल संघका केन्द्रिय उपाध्यक्ष समेत हुन । यस अघि उक्त क्लबको अध्यक्षमा हाल एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ रहेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.