नारीले समाजमा भोग्नुपरेको उत्पीडन र त्यसले उनीहरूलाई पारेको असरलाई मनोवादको शैलीमा प्रस्तुत गरेको नाटक ‘प्राइभेट इज पोलिटिकल’ शुक्रबारदेखि पोखरा थिएटरको गन्धर्व नाटकघरमा हुँदैछ। कथा घेराको प्रस्तुतिको नाटक ‘योनीका कथाहरू’ मञ्चनको तयारी गरिएको नाटक असार १३ गते शुक्रबारबाट असार १५ गते आइतबारसम्म गरी तीन दिन मञ्चन हुनेछ। दिउँसो १ र साँझ ५ बजे गरी हरेक दिन दुई पटक नाटक मञ्चन गर्ने तयारी गरिएको नाटक निर्देशक आकांक्षा कार्कीले बताइन्।
काठमाडौंको कौशी थियटरमा केही समयअघि मञ्चन गरिएको थियो। नाटकमा कलेज, विश्वविद्यालयदेखि आफूले काम गर्ने ठाउँमा हुने यौन दुर्व्यवहार, दुर्व्यवहारले नारीभित्र जन्माएको डर, चिन्तालाई संक्षिप्त र मर्मस्पर्श ढंगले देखाइएको छ। नाटकमा वर्तमान नेपाली महिलाको अवस्था, पितृसत्तात्मक समाजले महिलालाई हेर्ने दृष्टिकोणलाई नियाल्ने प्रयास गरेको छ। चार वर्षदेखि काठमाडौंमा योनीका कथाहरू नाटक मञ्चन हुँदै आएको छ। यो नाटकलाई राजधानी बाहिर पहिलोपटक पोखरामा देखाउन लागिएको हो।
नाटकको अवधारणा स्वयं कार्कीको हो भने लेखन सौरभ कार्कीले गरेका हुन्। सहयोगीको लेखन सुरज सुवेदी र सुदाम सिकेको रहेको छ। नाटक महिला हिंसाविरुद्धको अभियान हो।
जसमा अनुजा अधिकारी,अर्चना पन्थी, आयुष प्याकुरेल, केनिपा सिंह,विनिता गुरुङ, लु:निभा तुलाधार,रोशनी स्याङ्बो, सचिन मल्ल, सुदाम सिके अभिनय रहेको छ। यस्तै, असार १४ गते गन्धर्व नाटकघरमा ‘प्राइभेट पोलिटिकल’ किन भन्ने विषयमा अन्तर्क्रिया पनि हुनेछ। अन्तर्क्रियामा लामो समय महिला अधिकारमा काम गर्दै आएकी चित्रकार तथा कवि अस्मिता रंजित, निर्देशक आंकाक्षा कार्की, नाटकका लेखक तथा कवि सौरभ कार्की र नाट्यकर्मी लुनिभा तुलाधार छलफलमा सहभागि हुनेछन् ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.