www.tandavnews.com
Fact ~ In search of truth

आर्थिक वर्ष सकिन १६ दिन बाँकी,बागलुङको पूँजीगत खर्च न्यून

अर्जुन कार्की,
ताण्डव न्यूज ।

चालू आर्थिक वर्ष सकिन १६ दिन मात्र बाँकी रहँदा बागलुङको पूँजीगत खर्च निकै कम देखिएको छ ।

करोडौंको काम गर्नुपर्ने जिल्लाका विकासे कार्यालयले खर्च गर्न नसक्दा धेरै बजेट फ्रिज हुने सम्भावना छ । विकासे कार्यालयहरू भने अन्तिममा रकम भुक्तानी हुने भएकाले बजेट खर्च हुने दाबी गर्छन् ।

Batas

चालू आर्थिक वर्षको असार ९ गतेसम्म जिल्लाको पूँजीगत खर्च ४८ प्रतिशत मात्र छ भने चालू खर्च ८९ प्रतिशत भएको छ । यस्तै प्रदेश सरकारको पूँजीगत खर्च ३५ प्रतिशत र चालू खर्च ६७ प्रतिशत मात्र भएको कोष तथा लेखा नियन्त्रक कार्यालय, बागलुङका सूचना अधिकारी रामकृष्ण सापकोटाले बताए ।

नयाँ शहर आयोजना बुर्तिबाङको पूँजीगत खर्च ११ करोड १० लाख रुपैयाँमा असार ९ गतेसम्म १२ लाख २७ हजार २ सय ९६ रुपैयाँ खर्च गरेको छभने जिल्ला आयोजना कार्यान्वयन इकाई कार्यालयले २१ करोड ८५ लाख ८० हजार रुपैयाँ बजेटमा १९ करोड ६५ लाख ७० हजार ३ सय २३ रुपैयाँ खर्च गरेको छ ।

यस्तै जिल्ला आयोजना कार्यान्वयन इकाइ भवनले ८ करोड रुपैयाँमा २ करोड ५६ लाख ९३ हजार ४ सय ३५ रुपैयाँ खर्च गरेको छभने डिभिजन सडक कार्यालयको ३३ करोड ९९ लाख रुपैयाँ बजेटमा हालसम्म १७ करोड ६२ लाख ९२ हजार ७ सय रुपैयाँ खर्च भएको छ ।

यस्तै प्रदेश तर्फको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको पूँजीगत खर्चतर्फ ६३ करोड २२ लाख ३२ हजार रुपैयाँमा २५ करोड ६३ लाख ८५ हजार ६०६ रुपैयाँ खर्च भएकोछभने शहरी विकास तथा भवन कार्यालयको १४ करोड ४५ लाख ८७ हजार रुपैयाँमा ५ करोड ४१ लाख ७६ हजार १ सय ९२ रुपैयाँ मात्र खर्च भएको छ ।

कार्यालयहरु केन्द्रियकी प्रदेश भन्ने विवाद र कर्मचारी समायोजनको असरले चालु आ.व.मा बजेट खर्च हुन नसकेको सूचना अधिकारी सापकोटाले बताए । उनका अनुसार स्थानिय तहहरुको बजेटभने सवै कार्यालयको खातामा चौमासिक पठाईने र खर्च नभएमा असार मसान्तमा फिर्ता आउने भएकाले खर्च कति भयो भन्ने अहिलै थाहा नहुने बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.