पाेखरा
ताण्डव न्यूज ।
आज असार १५, धान दिवस अर्थात दही चिउरा खाने दिन । असारलाई मानो रोपेर मुरि फलाउने महिना पनि भनिन्छ । पछिल्लो समय १५ असारको दिन हिलोमै विभिन्न खाले खेल, रोपाइँहरु गरेर पनि १५ असार मनाइन्छ । पर्यटकीय नगरी पोखरामा भने स्वदेशी तथा विदेशी पर्यटकहरुले संयुक्त रुपमा हिलो खेले, रोपाइँ गरेर, हिलोमै अनेक प्रतियोगितामा सामेल भएर १५ असार मनाएका छन् ।
पोखरामा स्वदेशी तथा विदेशी पर्यटकहरुलाई नै लक्षित गरेर पोखरा १७ को महतगौँडामा रोपाई महोत्सव नै आयोजना गरिएको छ । महोत्सवमा दही चिउरा खाने, हल गोरु दौडाउने, हिलो छ्यापाछ्याप गर्दै रमाउने, हिलोमै माछा समाउने, हिलोमै डोरी तान्ने, असारे गीत तथा रोपाइँ प्रतियोगिता गरिएको पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिए ।
हिलोमा भएका सबैखाले प्रतियोगितामा मेडल सहित नगद पुरस्कार प्रदान गरियो । महोत्सवमा पोखरा महानगरका प्रमुख मानबहादुर जिसी लगायतले पनि सहभागिता जनाएका थिए ।
हेरौँ ताण्डव न्यूजका माधव भुसालले कैद गरेका केही तस्विरहरु :
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.